चाँगुनारायण नगरपालिकाको बजेट १ अर्ब ४८ करोड
भक्तपुर । चाँगुनारायण नगरपालिकाले आर्थिक २०७७/०७८का लागि आय तथा व्यय सार्वजनिक गरेको छ ।
दुई दिनसम्म चलेको सातौं नगरसभाबाट आर्थिक २०७७/०७८का १ अर्ब ४८ करोड २७ लाख ३ हजार ६ सय रुपैंया विनियोजन गरेको नगरप्रमुख सोमप्रसाद मिश्रले जानकारी दिएका छन् ।
जसमा पूजीँगत तर्फ ८१ करोड २५ लाख ९० हजार रुपैंया (५५.८०) प्रतिशत र चालुतर्फ ६७ करोड १ लाख १३ रुपैंया (४५.२०) प्रतिशत रहेको छ ।
नगरसभाले कोरोना भाइरस नियन्त्रण कोषमा १ करोड, स्वास्थ्यका लागि ३ करोड ३५ लाख, जसमा विपन्न परिवारको स्वास्थ्य बीमाका लागि १ करोड रुपैंया विनियिोजन गरिएको नगर प्रमुख मिश्रले बताए ।
त्यसैगरि शिक्षाका लागि ३ करोड २८ लाख बचत खाता छोरीको, सुरक्षा जीवनभरिको कार्यक्रमका लागि ५० लाख रुपैंया छुट्टाएको हो ।
‘हाम्रो चाँगुनारायण सफा चाँगुनारायण’ प्रर्वद्धनकालागि १ करोड ११ लाख, कृषिमा आधारित रोजगारीकालागि १ करोड ९७ लाख रुपैंया विनियोजन गरिएको नगरप्रमुख मिश्रले बताए ।
‘उज्यालो चाँगुनारायण कार्यक्रम अन्र्तगत सडक बत्तिलगायतका कामका लागि ५० लाख रुपैयाँ रहेको छ,’ मिश्रले भने ।
नगरसभाले एक घर एक धारा कार्यक्रमलाई ४ करोड, नगरपालिकाको भवन निर्माणकालागि १० करोड, सडक र यातायात क्षेत्रको विकाशकालागि २८ करोड रुपैंया विनियोजन गरेको हो ।
नगरपालिकाको आय श्रोतका रुपमा पर्यटन कर, माटो पानी ठेक्का, घर नक्सालगायतका माध्यमहरु रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण