पाकिस्तानी पूर्वप्रधानमन्त्री शरिफविरुद्ध मुद्दा दायर
एजेन्सी । पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफका विरुद्धमा भ्रष्टाचारसम्वन्धी मुद्दा दायर गरिएको छ । पाकिस्तानको भ्रष्टाचार नियन्त्रणसम्वन्धी निकायले भ्रष्टाचार गरेको भन्दै उहाँका विरुद्धमा मुद्दा दायर गरेको अधिकारीहरुले जनाएका छन् ।
उनीसँगै अरु तीन जनलाई पनि ३४ बर्ष अगाडिको प्रञ्जाव प्रान्तको जग्गासम्वन्धी काम कानुन विपरित गरेको भन्दै दोषी दावी गरेर मुद्दा दायर गरिएको हो । स्वास्थ्य उपचारका क्रममा अहिले बेलायतको लण्डनमा रहेका ७० बर्षीय शरिफलाई पक्राउ पुर्जी पनि जारी गरिएको छ ।
पाकिस्तानमा तीन पटक प्रधानमन्त्री हुनुभएका शरिफलाई यस अघि भ्रष्टाचारसम्वन्धी अन्य मुद्दा पनि लगाइएको छ । अहिलेको मुद्दामा उनीसँगै दोषी दावी गरिएकामा जङ्ग÷जेओ मिडिया ग्रुपका सञ्चालक मिर शकिलुर रहमान, लाहोर विकास प्राधिकरणका पूर्व निर्देशक हुमायुन फइज रासुल र पूर्व भूमि निर्देशक मिअन बसिर रहेका छन् ।
सन् १९८६ मा शरिफ पञ्जाबको मुख्यमन्त्री भएका थिए । मुख्यमन्त्री रहेको समय उनले अवैध तरिकाले मिर शुकिलुर रहमानलाई लाहोरको केही जग्गा दिलाउनु भएको दावी गरिएको छ । सो कार्य गर्दा शरिफ र दुई जना सरकारी उच्च अधिकारीले कानुनको उलङ्घन गर्दै शक्तिको दुरुपयोग गरेको आरोप लगाइएको छ ।
अन्य मुद्दासमेतमा आरोप लागेर दण्ड सजाय भोग्नु भएका शरिफले उपचारका लागि अदालतले अनुमति दिएपछि गत नोभेम्बरमा लण्डन गएका हुन् । उनी उपचारका लागि चार हप्ताका लागि मात्रै अनुमति पाएपनि अहिलेसम्म बसिरहेका छन् । शरिफकी श्रीमतीको पनि दुई बर्ष अगाडि उपचारकै क्रममा लण्डनमा निधन भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा आज पनि सुधार, सातामा ५७ अङ्कले बढ्यो नेप्से
-
बागमती किनारका हटाइएका बस्ती क्षेत्रमा खुला पार्क, हरित क्षेत्र र पदमार्ग निर्माण गरिने
-
वर्तमान सरकारविरूद्ध चारैतिरबाट घेरा हालाैँ : प्रचण्ड
-
पश्चिम एसियाको द्वन्द्वबारे नेपालको धारणा यथावत, वार्ता र कूटनीतिबाट समाधानको आग्रह
-
धनुषामा गोली चल्याे, दुई जना पक्राउ
-
रवि लामिछानेको प्रस्तावित चीन भ्रमणबारे के भन्छ परराष्ट्र मन्त्रालय ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण