बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

गण्डकीमा १६ नयाँ संक्रमित थपिए, कूल संक्रमित संख्या ८५४ पुग्यो

शनिबार, १३ असार २०७७, १७ : ४८
शनिबार, १३ असार २०७७

कास्की । गण्डकी प्रदेशमा कोरोना भाइरसको थप १६ नयाँ केस भेटिएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले शनिबार ५ बजेर २५ मिनेट जाँदा प्रेस विज्ञप्ति निकालेर यो जानकारी दिएको हो ।

योसँगै प्रदेशमा कूल संक्रमितको संख्या ८५४ पुगेको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले दिएको जानकारीअनुसार पोखरा महानगरपालिकामा ५ महिला, नवलपुरको देवचुली नगरपालिकामा ३ महिला, ३ पुरुषसहित ६ नयाँ संक्रमित थपिएका छन् । त्यस्तै स्याङ्जाको भीरकोट गाउँपालिकामा २ पुरुष र गल्याङमा ३ पुरुषमा कोरोना पुष्टि भएको छ ।

नयाँ पुष्टि भएका संक्रमितको स्वाब पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशाला र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप