शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

तंग्रिन थाले जीवन बीमा कम्पनी, प्रिमियम संकलन ६९ अर्ब ८० करोड पुग्यो

आइतबार, १४ असार २०७७, १५ : ५९
आइतबार, १४ असार २०७७

जीवन बीमा कम्पनीहरुले जेठ महिनामा ४ अर्ब ७४ करोड रुपैयाँ बीमा शुल्क उठाएका छन्  । चालू आर्थिक वर्षको ११ महिनाको अवधिमा कूल बीमा शुल्क ६९ अर्ब ८० करोड रुपैयाँ पुगेको छ ।  

विश्वभर फैलिएको कोरोना भाइरस र त्यसका कारण नेपालमा भएको लकडाउनले वैशाख महिनामा जीवन बीमा कम्पनीको प्रिमियम संकलनमा  सुस्तता आए पनि जेठमा केही सुधार देखिएको हो । 

जीवन बीमा कम्पनीले वैशाख महिनामा १ अर्ब ३५ करोड रुपैयाँ प्रिमियम संकलन गरेको बीमा समितिले जनाएको छ । हाल देशमा १९ वटा जीवन बीमा कम्पनी छन् ।
समितिका अनुसार जेठ महिनासम्ममा जीवन बीमा कम्पनीहरुले २२ अर्ब ९८ करोड प्रथम बीमा शुल्क आर्जन गरेका छन् भने नवीकरण मार्फत ४४ अर्ब ९८ करोड रुपैयाँ संकलन गरेका छन् । 

यस्तै  वैदेशिक रोजगार बीमा शुल्क १ अर्ब ८४ करोड रुपैयाँ संकलन भएको छ । जेठ महिनामा यस्तो शुल्क शून्य  छ ।

बीमा समितिको अनुसार जेठ मसान्तसम्ममा सबैभन्दा बढी नेपाल लाइफले २० अर्ब ८९ करोड रुपैयाँ प्रिमियम संकलन गरेको छ । जेठमा मात्रै १ अर्ब ७२ करोड रुपैयाँ प्रिमियम संकलन गरेको छ । दोस्रोमा लाइफ इन्स्योरेन्स कर्पोरेशन रहेको छ । कर्पाेरेशनले १० अर्ब ७२ करोड रुपैयाँ प्रिमियम संकलन गरेको छ । तेस्रोमा सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थान रहेको छ । संस्थानले जेठसम्ममा ६ अर्ब १६ करोड रुपैयाँ प्रिमियम संकलन गरेको छ । 

नेशनल लाइफले ६ अर्ब २३ करोड रुपैयाँ, मेट लाइफको ३ अर्ब ६० करोड, एशियन लाइफले ३ अर्ब ५१ करोड रुपैयाँसंकलन गरेको छ । 

यस्तै  सूर्य लाइफले २ अर्ब ३७ करोड, गुँरास लाइफले १ अर्ब ४८ करोड प्राइम लाइफले २ अर्ब ५१ करोड, आईएमई लाइफले ९८ करोड, यूनियन लाइफले ३ अर्ब ६५ करोड, ज्योतिले १ अर्ब ३६ करोड, सन नेपाल लाइफ  ले ९१ करोड, रिलायन्सले १ अर्ब ४ करोड, रिलायबल नेपालले १ अर्ब ३७ करोड, सिटिजनले १ अर्ब ३२ करोड, सानिमा लाइफले ६६ करोड उठाएको छ । प्रभु लाइफको ५८ करोड रुपैयाँ छ ।  सबैभन्दा कम महालक्ष्मी लाइफ इन्स्योरेन्सले ४६ करोड रुपैयाँ प्रिमियम संकलन गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप