सलह किरा नियन्त्रण गर्न प्रत्येक प्रदेशमा ‘टाक्सफोर्स’ गठन
काठमाडौं । नेपालमा देखिएको सलह किराको नियन्त्रणका लागि सरकारले प्रत्येक प्रदेशमा ‘टाक्सफोर्स’ गठन गरिनुको साथै विषादी छर्किनका लागि प्रदेशहरुमा दमकलको व्यवस्थापन गरेको छ । त्यसका साथै सलह किराको गतिविधिको बारेमा प्रत्येक एडभजाइरी राख्ने र त्यसको बारेमा जानकारी गराउन प्रत्येक दिन प्रेस नोट जारी गर्ने तयारी रहेको छ ।
घटनाबारे दैनिक अपडेट गराउन मन्त्रालयले सूचना केन्द्रको स्थापना गरेको छ । त्यसको जिम्मवारी प्लान्ट क्वारेन्टाइनबाट फोकल पर्सनका रुपमा रामकृष्ण सुवेदीलाई राखेको छ । उनले प्रदेश सरकारसँग समन्वय गरी सूचना संकलन गरेर त्यसलाई विभिन्न माध्यमबाट प्रवाह गर्ने व्यवस्था मन्त्रालयले मिलाएको छ ।
सलहको ठूलो झुण्ड आयो भने त्यसलाई नियन्त्रण गर्न गृहमन्त्रालयको पनि सहयोग लिने तयारी कृषि मन्त्रालयले गरेको छ र त्यसका लागि छलफल समेत गरेको छ । ‘यदि परिस्थिति जटिल बन्दै गएमा गृहमन्त्रालयको विपद् व्यवस्थापन प्राधिकरणसँग सहयोग लिनुको साथै सुरक्षा निकायको पनि सहयोग लिनुपर्ने हुनसक्छ’ कृषि मन्त्रालयका सचिव राजेन्द्र भारीले भने । त्यसका लागि कृषि मन्त्रालयले आजै गृहमन्त्रालयसँग पनि छलफल गरेको उनले जानकारी दिए
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्डोनेसियामा आएको बाढीमा परी १५ जनाको मृत्यु
-
विकल पौडेलविरुद्ध ४० करोड बिगो दाबी गर्दै तेस्रो मुद्दा दायर
-
बैतडी अस्पतालका चिकित्सक आन्दोलित, आकस्मिक बाहेकका सेवा बन्द
-
त्रिविको जग्गा व्यवस्थापनको निम्ति उच्चस्तरीय समिति बन्दै छ : मन्त्री श्रेष्ठ
-
कांग्रेसले ‘आत्महत्या’ गर्छु भनेपनि समिति गठन हुँदैन : एमाले
-
सरकारले सोमबार छानबिन समिति गठनको कुरा लिएर आउने विश्वास छ : रमेश लेखक