सलह किरा नियन्त्रण गर्न प्रत्येक प्रदेशमा ‘टाक्सफोर्स’ गठन
काठमाडौं । नेपालमा देखिएको सलह किराको नियन्त्रणका लागि सरकारले प्रत्येक प्रदेशमा ‘टाक्सफोर्स’ गठन गरिनुको साथै विषादी छर्किनका लागि प्रदेशहरुमा दमकलको व्यवस्थापन गरेको छ । त्यसका साथै सलह किराको गतिविधिको बारेमा प्रत्येक एडभजाइरी राख्ने र त्यसको बारेमा जानकारी गराउन प्रत्येक दिन प्रेस नोट जारी गर्ने तयारी रहेको छ ।
घटनाबारे दैनिक अपडेट गराउन मन्त्रालयले सूचना केन्द्रको स्थापना गरेको छ । त्यसको जिम्मवारी प्लान्ट क्वारेन्टाइनबाट फोकल पर्सनका रुपमा रामकृष्ण सुवेदीलाई राखेको छ । उनले प्रदेश सरकारसँग समन्वय गरी सूचना संकलन गरेर त्यसलाई विभिन्न माध्यमबाट प्रवाह गर्ने व्यवस्था मन्त्रालयले मिलाएको छ ।
सलहको ठूलो झुण्ड आयो भने त्यसलाई नियन्त्रण गर्न गृहमन्त्रालयको पनि सहयोग लिने तयारी कृषि मन्त्रालयले गरेको छ र त्यसका लागि छलफल समेत गरेको छ । ‘यदि परिस्थिति जटिल बन्दै गएमा गृहमन्त्रालयको विपद् व्यवस्थापन प्राधिकरणसँग सहयोग लिनुको साथै सुरक्षा निकायको पनि सहयोग लिनुपर्ने हुनसक्छ’ कृषि मन्त्रालयका सचिव राजेन्द्र भारीले भने । त्यसका लागि कृषि मन्त्रालयले आजै गृहमन्त्रालयसँग पनि छलफल गरेको उनले जानकारी दिए
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण