चौध महिलाको यस्तो प्रतिस्पर्धा
काठमाडौं– ‘मिसेस नेशनल आइकन–२०१७’को ताजका लागि १४ विवाहित महिलाबीच कडा प्रतिस्पर्धा हुने भएको छ ।
ब्राइट इन्टरटेनमेन्ट प्रालिले पहिलोपटक आयोजना गर्न लागेको यस गृहिणी सौन्दर्य प्रतियोगिताका प्रतियोगीहरु केही सातायता क्याटवाकलगायत आत्मविश्वासबारे विभिन्न विधामा प्रशिक्षणरत छन् ।
आयोजक संस्थाका अध्यक्ष तथा गायक धनीराम राईकाअनुसार प्रतियोगिताको अन्तिम स्पर्धा यही असोज १ मा जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न हुँदैछ ।
प्रतियोगितामा अरुणा शेर्पा, जेनिफर बज्रचार्य, तुलसा आङ्देम्बे, केशु गुरुङ लामा, खेमुहाङ राई, प्रतिभा राई, सविता राई प्रयास, सविता पोखरेल, सानुमाया प्रजापति, शर्मीला तामाङ, शोभा श्रेष्ठ, स्मृति राई, सहिदा ओझा र सीता थापा प्रतिस्पर्धा गरिरहेका छन् ।
प्रतियोगितामा शीर्ष विजेतालाई स्कुटर र क्रमशः फस्ट, सेकेण्ड र थर्ड रनरअपलाई ताजसहित नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राज्य र पत्रकारिता एक अर्काका प्रतिद्वन्द्वी होइनन्, परिपूरक हुन् : कार्यवाहक राजदूत पौडेल
-
पछिल्लो वर्ष नेपालमा पर्यटक आगमन १२ लाखभन्दा बढी, २५ प्रतिशत भारतबाट
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण