बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

श्रमिकलाई हक दिन सरकारसँग भिड्ने जिफन्ट अध्यक्षको चेतावनी

शुक्रबार, २३ भदौ २०७४, १८ : १५
शुक्रबार, २३ भदौ २०७४

काठमाडौँ । नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट) का अध्यक्ष विष्णु रिमालले श्रमिकका जायज हक स्थापित गराउन सरकारसँग भिड्ने चेतावनी दिएका छन् ।

नेपाल स्वतन्त्र होटल, क्यासिनो तथा रेष्टुरेन्ट यूनियन(नेस्वहोमयू)को दशौं राष्ट्रिय अधिबेशनको उद्घाटन गर्दै अध्यक्ष रिमालले भने, ‘नेस्वहोमयूको दुई दिने सम्मेलनको निष्कर्ष हाम्रो कार्यक्षेत्रमा एकजना श्रम निरिक्षक आफैंले आफ्नै साथीबाट नियुक्त गर्नुस्, यूनियन मैत्री एक/एक जना राख्नोस् । ती देशभरका श्रमिकलाई हामी तालिम दिन्छौं । जहाँ कानुन र हकसम्बन्धी कुरो तलमाथि परेको छ किटेर आएको उजुरी वा मुद्धाको आधारमा सरकारसँग भिड्ने काम महासंघले गर्छ ।’

३ दिन अगाडि श्रम ऐन २०७४ राष्ट्रपतिबाट लालमोहर लागेको उल्लेख गर्दै उनले अब १ जनालाई मात्रै पनि श्रममा लगाउँदा श्रम ऐन लागु हुने उल्लेख गरे ।

ऐनले अब प्रत्येक श्रमिकले काम सुरु गरेको दिनदेखि नै संचयकोष र उपदान लगायतका सुबिधाको ग्यारेन्टी गरेको बताए । महिला र पुरुषबीच समान काममा समान ज्यालाको अवसर हुनुपर्ने भन्दै उनले आउटसोर्सिङ कम्पनीहरुले श्रमिकलाई न्यूनत्तम ज्याला अनिवार्य दिनुपर्ने भन्दै यदि त्यसो नभए काम लगाउने कम्पनीले न्यूनत्तम तलब नै उपलब्ध गराउनुपर्ने बताए । 


अध्यक्ष रिमालले अब अप्रिल २०१८ बाट न्यूनत्तम ज्यालामा पुनरावलोकन गर्नूपर्ने उल्लेख गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप