शेयर बजार घट्यो
बिहीबार ६ प्रतिशतले नेप्से घटेपछि सर्किट ब्रेक लागेर शेयर कारोबार बन्द भएको छ ।
बजार खुलेको एक घण्टा ४० मिनेटमा ६ प्रतिशत अर्थात ८० दशमलव ४१ अंकले घटेर नेप्से १ हजार २ सय ५६ दशमलव ११ अंकमा बन्द भएको हो । सेन्सेटिभ परिसूचक पनि ६ दशमलव २७ प्रतिशत अर्थात १७ दशमलव ९९ अंकले घटेर २ सय ६९ दशमलव ०३ अंकमा बन्द भएको छ । आज १ सय ४२ कम्पनीको ४७ करोड ६६ लाख ५४ हजार रुपैयाँ बराबरको १ लाख ६१ हजार ८ सय ९० कित्ता शेयर खरिद विक्री भएको छ ।
बजार खुलेको ३ मिनेटसम्म केही बढेको नेप्से त्यसपछि लगातार घट्दै ११ बजेर २३ मिनेटमा पहिलो सर्किट लागेको थियो । त्यस पछि २० मिनेटका लागि कारोबार बन्द भएको थियो । दोस्रोपटक खुलेको बजारमा ११ बजेर ४७ मिनेट जाँदा फेरी ५ प्रतिशतले नेप्से घटेपछि दोस्रोपटक पुनः सर्किट ब्रेक लागेको थियो ।
फेरि १२ बजेर २८ मिनेटमा खुलेको बजार १२ बजेर ४० मिनेटमा पुग्दा ६ प्रतिशतले घटेपछि आजका लागि कारोबार बन्द भएको हो । सोमबार देखि खुलेको बजार सोमबार केही अंकले घटेको थियो भने मंगलबार र बुधबार बढ्दो क्रममा सर्किट लागेर कारोबार बन्द भएको थियो । तर बिहीबार भने लगातार घट्दो क्रममा तीन पटक सर्किट लागेर आजका लागि कारोबार बन्द भएको छ ।
बजारमा कारोबारमा आएका समूह मध्ये म्यूचुअल फण्ड बाहेकका सबै समूहका सूचकहरु घटेका थिए । बैंकिङ समूह ७ दशमलव ४३ प्रतिशतले घटेको छ । जीवन बीमा ७ दशमलव ६७ प्रतिशत घटेको छ । होटल समूहमा भने सबैभन्दा धेरै ८ दशमलव ६९ प्रतिशतले गिरावट आएको छ ।
सबैभन्दा धेरै कारोबार नेपाल पुनर्बीमा कम्पनी र नेपाल लाइफ इन्स्योरेन्सको भएको छ । यि दुवै कम्पनीको ६ करोड रुपैयाँ भन्दा धेरैको शेयर कारोबार भएको छ । बजार घटेपनि स्वाबलम्बन लघुवित्त वित्तीय संस्था लगायतका कम्पनीका शेयरधनीले कमाएका छन् ।
स्वाबलम्बन लघुवित्तका शेयरधनीले आज ८ प्रतिशतले कमाएका छन् । सोल्टी होटल, प्रभु बैंक, हिमालयन डिस्टिलरी, लाइफ इन्स्योरेन्स कम्पनी, ग्लोबल आइएमई बैंक लगायतका कम्पनीका शेयरधनीले ९ प्रतिशत माथि गुमाएका छन् । जसमध्ये सोल्टी होटलका शेयरधनीले १० प्रतिशतले गुमाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोबाइलमा लोकप्रिय ‘माइक्रो ड्रामा’ मा चीनको अंकुश: सफ्ट पोर्नोग्राफी प्रदर्शनमा प्रतिबन्ध
-
अमेरिकामा फेरि भेटियो मासु खाने खतरनाक परजीवी ‘स्क्रु-वर्म’
-
घट्यो काठको मूल्य, समितिको सेवा–सुविधा ३० प्रतिशतले कटौती
-
आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र नेपाल पुलिस क्लबबिच सम्झौता
-
पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष
-
ओभर टाइम गणना गरी सेवा सुविधा थप्न स्वास्थ्य मन्त्रीसँग चिकित्सक संघको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण