चिया बगानभित्र अर्धनग्न अवस्थामा भेटिएकी महिलाको शव हस्पिटलमै अलपत्र
एक साता अघि उत्तरी झापाको बुद्धशान्ति गाउँपालिका–४ स्थित बर्ने चिया बगानभित्र अर्धनग्न अवस्थामा मृत भेटिएकी एक महिलाको हालसम्म सनाखत हुन सकेको छैन ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाका अनुसार मेची राजमार्गबाट ३०० मिटर पूर्व बर्ने चिया बगानमा घोप्टो परेको अवस्थामा महिलाको शव भेटिएको थियो । मृतकको सनाखत हुन नसकेपछि उक्त शव धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । सोही प्रतिष्ठानमा शव परीक्षण जाँच गरिएको उनले जानकारी दिए ।
शवको प्रकृति हेर्दा कसैले महिलाको हत्या गरेको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । मृतकको मुख रुमालले बाँधिएको, शरीरको कम्मरमुनिको पछाडिको भागको कपडा खोलिएको र निधारमा ताजा चोट भएको प्रहरीका जिल्ला प्रवक्ता थापाले बताए । घटनास्थल नजिकैबाट प्रहरीले पेप्सीको बोतलमा मदिरा, आधा प्याकेट चाउचाउ र छाता भेटेको जनाएको छ ।
प्रहरीले घटनाको अनुसन्धान अघि बढाउनुका साथै मृतकको सनाखतका लागि आफन्तको खोजीकार्य जारी राखेको छ । घटनास्थल इलाम जाने मेची राजमार्ग नजिक रहेको हुँदा मृतक इलामको समेत हुनसक्ने ठानेर झापा र इलामका प्रहरी एकाइमार्फत आफन्तको खोजी अघि बढाइएको प्रहरीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण