रोशीखोलामा पक्की पुल बनेपछि खुशी
बर्खा लागे पनि रोशी खोलापारि थान्सिङबेँसीका गणेशप्रसाद न्यौपाने खेतमा फलाएको तरकारी घरआँगनबाटै गाडीमा लोड गरेर बेच्न पाएकामा खुशी छन् ।
घरमुनि नै बगिरहेको रोशीखोला बर्खा लागेसँगै गाडी आवतजावतमा समस्या भएपछि त्यहाँबाट पारि जान झोलुङ्गे पुल तरेर बोकेर लानुपर्ने बाध्यता थियो । अहिले रोशीखोलामा मोटरेबल पुल बनेसँगै घरआँगनबाटै तरकारी बेच्न पाएकामा धेरै खुशी लागेको उनले बताए ।
उनी मात्रै होइन, थान्सिङबेँसीका धेरैजसो किसानले लगाएको तरकारी बेचेर आम्दानी गर्न थालेका छन् ।
केही समय अगाडिसम्म पुल बन्ने अवस्था देखिएको थिएन । “बन्दाबन्दीकै बीचमा पनि काम गर्न थालेपछि अहिले बल्ल पुल निर्माणकार्य सम्पन्न भएको छ, त्यसमा हामी धेरै खुशी छौँ”, न्यौपानेले भने, “घर अगाडिकै पुल बनेको हेर्दाहेर्दै दशक बितिसकेको थियो, अहिले आएर बल्ल सम्पन्न भएको छ ।” सम्पन्न भएसँगै रोशीपारिका आम बासिन्दालाई सहज बनेको उनले बताए ।
यसअघि पुल नबन्दा खोलामा गाडी फसेर अड्केपछि निकाल्नलाई पाँच÷छ हजार त्यत्तिकै जान्थ्यो । त्यसो हुँदा एकातिर समयमै सामान ढुवानी गर्न नपाउने, अर्कोतिर खर्चिलो व्यवधानले सताउने, पुल बनेपछि त्यो सबै समस्या दूर भएको स्थानीय बासिन्दा बताउँछन् । त्यतिमात्र होइन, रोशीखोलाका कारण खोलापारि क्षेत्रका बासिन्दा बर्खा लागेपछि खाद्यान्नदेखि त्यहाँ उत्पादित, दूध, तरकारीका साथै आवश्यक सामग्री ढुवानी गर्न समस्या व्यहोर्दै आइरहेकामा अब समस्याबाट मुक्त भएका छन् । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–७ थान्सिङबेँसी र नमोबुद्ध नगरपालिका–६ खरिबोट जोड्ने रोशीखोलाको मोटरेबल पुल करिब १० वर्षपछि बल्ल सम्पन्न भएको हो ।
जिल्लाको दक्षिणपूर्वी भेग रोशी गाउँपालिकाका अधिकांश बासिन्दा, महाभारत र खानीखोला गाउँपालिकाका बासिन्दालाई समेत सुविधा पुग्ने पुल एक दशकपछि निर्माण सम्पन्न भएको हो । रोशी गाउँपालिका, महाभारत गाउँपालिका र खानीखोला गाउँपालिकाका स्थानीय बासिन्दाको सुविधाका लागि सामुदायिक सुधार परियोजनाअन्तर्गत जापान सरकार र नेपाल सरकारबीचको मित्रता र सहयोगको चिनोस्वरुप जापानी जनताको तर्फबाट अनुदान सहयोग प्राप्त पुल सम्झौता भएको करिब एक दशकपछि मात्रै निर्माणले पूर्णता पाएको हो ।
करिब रु एक करोड ५० लाख लागतमा निर्माणकार्य सन्पन्न भएको सो पुल बनेपछि रोशी गाउँपालिकाको थान्सिङबेँसी, सिपाली, सिसाखानी, महादेवटार, शिखरआम्बोटे, खहरेपाँगुलगायत विकट डाँडापारिस्थित महाभारत गाउँपालिका र खानीखोला गाउँपालिकाका स्थानीय बासिन्दालाई समेत सुविधा भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर अस्पतालमा एक महिनादेखि सिटी स्क्यान सेवा बन्द, बिरामी निजी अस्पताल धाउन बाध्य
-
चौरजहारी–मुसिकोट सडक १५ दिनका लागि बन्द हुने
-
रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात
-
पहिलो ‘ड्रिम प्रोजेक्ट’ मा भएको ढिलाइ र लागत १८ अर्ब पुग्दा संसदीय समितिमा उठ्यो प्रश्न
-
दीपक भट्ट र शुलभ अग्रवालमाथि म्याद थपियो
-
फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण