रक्सीले मताएर काठमाडौँमा युवती बलात्कार, कपनमा पनि किशोरी बलात्कृत
काठमाडौं । उपत्यकाको कपनमा १४ वर्षीया किशोरी र माकलबारीमा अन्दाजी ३० वर्षीया युवतीमाथि बलात्कार भएको छ । प्रहरीका अनुसार यी दुवै घटना गएराति भएका हुन् ।
१४ वर्षीया किशोरीलाई ललाईफकाई बलात्कार गरेको आरोपमा भैरहवा घर भई कपन बस्ने ४० वर्षीय देशबहादुर गुरुङलाई प्रहरीले पक्राउ गरेको छ ।
गुरुङले ती किशोरीलाई प्रलोभनमा पारेर बलात्कार गरेको अनुसन्धानको क्रममा खुलेको प्रहरीको भनाइ छ । ती किशोरीले आइतबार बिहान बौद्ध प्रहरीमा जाहेरी दिएपछि गुरुङ पक्राउ परेका हुन् ।
यस्तै माकलबारी घटनामा पनि प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार सिन्धुपाल्चोक घर भएका भुवन बिष्ट र दोलखा घर भएका पासाङ शेर्पा पक्राउ परेका हुन् ।
गएराति युवतीसँगै उनीहरुले रक्सी खाएका थिए । रक्सीले आफूलाई झ्याप बनाएपछि उनीहरुले बलात्कार गरेको ती पीडित युवतीले प्रहरीसमक्ष बयान दिएकी छन् ।
पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीको तथ्यांकलाई हेर्ने हो भने लकडाउनको समयमा नेपालमा बलात्कारको ग्राफ बढ्दो छ ।
बलात्कार मात्र नभएर चोरी, हत्या र आत्महत्या जस्ता घटनाहरु पनि बढेको महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी श्यामलाल ज्ञवाली बताउँछन् ।
चैत ११ देखि असार २० गतेसम्ममा बलात्कारका ३ सयभन्दा बढी मुद्धा दर्ता भएको नेपाल प्रहरीका प्रवक्ता निरज शाहीले बताए ।
यो संख्या लकडाउन अघिका दिनकै हाराहारी हो । अर्थात लकडाउनको अवधिमा पनि बलात्कारका घटना घटेका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरानका आक्रमण थप आक्रामक, दबाबमा अमेरिका
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण