टेकु क्षेत्र वरिपरि एभरेष्ट बैंकद्वारा वृक्षारोपण
आइतबार, २१ असार २०७७, २१ : ३१
काठमाडौं– एभरेष्ट बैंकले वातावरण संरक्षणका लागि काठमाडौं महानगरपालिका वडा नं. १२ टेकु क्षेत्र वरिपरि वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । वृक्षारोपण कार्यक्रम काठमाडौं महानगरपालिका वडा नं.१२ स्थित एभरेष्ट बैंकको कार्यालय र पीडीएसएस नेपालकोे समन्वयमा सम्पन्न भएको हो ।
एभरेष्ट बैंकले जनहितका लागि सधैँ विभिन्न सामाजिक कार्यक्रमहरू आयोजना गर्दै आएको छ । बैंक ‘सर्भिस विथ स्माइल’को नारा अन्तर्गत आफ्ना ग्राहकहरुको फाइदा र सन्तुष्टिको लागि पनि सधैँ तत्पर रहेको बताएको छ ।
वृक्षारोपण कार्यक्रमको उद्घाटन बैंकका डी.जी.एम डा. सन्धीर कुमार र वडा नं. १२ का वडा अध्यक्ष.विकास डंगोलले संयुक्त रुपमा बैंकका अधिकारीहरुका साथै पीडीएसएस नेपालका टिमको उपस्थितिमा गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नामिबियासँगको हार भुलाउने दाउमा नेपाल, आज नेदरल्यान्ड्सको कडा चुनौती
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण