इम्बोस्ड नम्बर प्लेट साउन १ देखि सुचारु हुने

काठमाडौं – करिब साढे दुई वर्षदेखि रोकिएको इम्बोस्ड नम्बर प्लेट जडान कार्य साउन १ देखि सुचारु हुने भएको छ । यातायात व्यवस्था विभागले बाग्मती प्रदेशका यातायात कार्यालयमा दर्ता रहेका सरकारी, संस्थान र निजी स्वामित्वमा रहेका सवारीसाधनमा इम्बोस्ड नम्बर जडान गर्न सूचना गरेको छ ।
विभागले असार २१ गतेदेखि अनलाइन फाराम खुला गरेको छ । विभागको वेबसाइटमा गई इम्बोस्ड नम्बर प्लेट प्रणालीमा प्रवेश गरी अनलाइन फाराम भर्न सकिने जनाएको छ । दुई पाङ्ग्रे सवारीका लागि दुई हजार पाँच सय रुपियाँ शुल्क तोकिएको छ । तीन पाङ्ग्रे सवारीका लागि दुई हजार नौ सय रुपियाँ, चार पाङ्ग्रे तथा मझौला सवारीका लागि तीन हजार दुई सय रुपियाँ र ठूला सवारीका लागि तीन हजार छ सय रुपियाँ शुल्क तोकिएको छ ।
दुई पाङ्ग्रे सवारीका लागि यातायात व्यवस्था कार्यालय गुर्जुधारा, तीन पाङ्ग्रे र साना तथा मझौला चार पाङ्ग्रे सवारीका लागि सवारी परीक्षण कार्यालय टेकु, ठूला सवारीका लागि यातायात व्यवस्था कार्यालय एकान्तकुना र सरकारी सवारीका लागि यातायात व्यवस्था विभाग मीनभवन तोकिएको छ । इम्बोस्ड नम्बर जडानका लागि हालसम्मको राजस्व चुक्ता भएको हुनुपर्ने विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा लक्ष्मण दर्नालले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वसम्मत हुन नसकेपछि जसपाले महाधिवेशनबाटै पदाधिकारी चयन गर्ने
-
माओवादीले विद्यालय शिक्षासम्बन्धी विधेयक संशोधन गर्न सबै पक्षसँग परामर्श गर्ने
-
असोज २४ गतेदेखि एमाले मधेस प्रदेश अधिवेशन, लोगो र नारा सार्वजनिक
-
राष्ट्रपतिसहित विशिष्ट व्यक्तिले ‘नो भेहकल जोन’ पालना गरेकोमा मेयर बालेनले गरे खुशी व्यक्त
-
मधेसमा सुशासन कायम गर्न एमालेको सरकार बन्नुपर्छ : सचिव भट्टराई
-
टाउकोमा कालोपट्टी बाँधेर शिक्षकहरूले गरे प्रदर्शन