बैंकिङ कसुर मुद्दामा फरार दुई पक्राउ
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले बैंकिङ कसुर मुद्दामा फरार दुई जनालाई पक्राउ गरेको छ । ब्यूरोको टोलीले उच्च अदालत पाटनको २०७६ फागुन २१ को फैसलाअनुसार कैद र जरिवाना ठहर भएका काठमाडौँ महानगरपालिका–१६ नयाँबजारका ५५ वर्षीय राजमान सुनार र तारकेश्वर नगरपालिकाका ४१ वर्षीय विश्वमर्दन बस्नेतलाई आइतबार पक्राउ गरेको हो ।
पक्राउ परेका सुनारलाई अदालतले रु १४ लाख ६९ हजार ६४० जरिवाना र पाँच दिन कैद तथा बस्नेतलाई रु १३ लाख जरिवाना र पाँच दिन कैद ठहर गरेकाले पक्राउ गरिएको ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए ।
पक्राउ परेका सुनार र बस्नेतले पीडित दीपककुमार विश्वकर्मालाई रकम नभएको विभिन्न बैंकको चेक काटेर बैंकिङ अपराध गरेका थिए । प्रहरीले सुनारलाई तारकेश्वर र बस्नेतलाई धर्मस्थलीबाट पक्राउ गरेको थियो । पक्राउ परेका दुवैजनालाई प्रहरीले फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालत पेश गरेको सिआइबीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरानका आक्रमण थप आक्रामक, दबाबमा अमेरिका
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण