गण्डकीमा १७ नयाँ संक्रमित थपिए, कूल संक्रमित संख्या ११ सय नाघ्यो
पोखरा । गण्डकीमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १७ नयाँ संक्रमित थपिएसँगै प्रदेशको कुल संक्रमित संख्या ११ सय १३ पुगेको छ । स्वास्थ्य निर्देशनालय गण्डकीकाअनुसार पोखरा महानगरपालिकाका ५१ वर्षिय महिलासहित लमजुङमा ११ र बागलुङमा ५ जनामा कोरोना पुष्टि भएको छ ।
लमजुङमा भेटिएका संक्रमितमध्ये राइनासका एक पुरुष, बेँशीसहरका ३ पुरुष, सुन्दरबजारका ३ पुरुष, क्होलासोथरका २, दोर्दी र मध्यनेपालका एक–एक जना पुरुष संक्रमित गरि ११ संक्रमित रहेका छन् । यस्तै, बागलुङको ढोरपाटनमा एक महिला र बडीगाड, काठेखोलामा दुई, दुई पुरुष गरि ५ जना संक्रमित रहेका छन् ।
यस्तै, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डाक्टर अर्जुन आचार्यले अस्पतालको आइसोलेसन वार्डमा उपचाररत १३ जना संक्रमित निको भएर घर फर्केको जानकारी दिएका छन् । १३ मध्ये एक जना स्याङ्जाका बृद्ध रहेका छन् भने बाँकी १२ जना कास्कीकै हुन् । पछिल्लो अपडेटअनुसार गण्डकीमा निको भएर घर फर्किनको संख्या २ सय ७१ पुगेको छ भने ४ जनाले ज्यान गुमाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण