नारायणी लिफ्टबाट पानी छाडियो
नारायणी लिफ्ट सिँचाइ प्रणालीको मुख्य स्थलमा पानी छाडिएको छ । पश्चिम चितवनको जमिन सिँचाइका लागि मुख्य नहर मानिएको सो लिफ्टको पम्पहाउस एबाट आज पानी छाडिएको हो ।
नारायणी लिफ्ट सिँचाइ खगेरी सिँचाइ व्यवस्थापन कार्यालयका प्रमुख इ. खेमबहादुर पाठकका अनुसार यस पम्पले प्रतिसेकेण्ड चार हजार लिटर पानी फाल्ने गर्दछ । पश्चिम चितवनको फूलबारी, केसरबाग, तोरीखेत, शिवनगर, लङ्कु, लक्ष्मीपुर, कल्याणपुर, शरदपुर, गौरीगञ्ज, बसेनीलगायतका क्षेत्रमा सिँचाइका लागि लिफ्टबाट पानी वितरण गर्ने गरिन्छ ।
पानी छोडिएपछि अहिले वि र सि नगरबाट पानी पठाइएको छ । वि नहरबाट दुई हजार ४०० हेक्टर र सि नहरबाट दुई हजार ३०० हेक्टर क्षेत्रफल सिँचाइ हुने गरेको छ । नारायणी लिफ्टमा अहिले चारवटा पम्प रहेका छन् । दुईवटा चार क्युमेक र दुई वटा दुई क्युमेकका पम्प रहेका छन्।
साउन महिनाबाट अर्को ठूलो पम्पसमेत सञ्चालनमा ल्याइने छ । पम्प सञ्चालनमा आएसँगै एक लाख पचास हजार उपभोक्ता लाभान्वित हुने नारायणी लिफ्ट सिँचाइ प्रणालीका अध्यक्ष पूर्णबहादुर रानाभाटले जानकारी दिए । उनका अनुसार आजदेखि कात्तिकको पहिलो सातासम्म पानी छोडिने छ । पानी छोड्नु अघि पम्पमा परम्पराअनुसार पूजाआजसमेत गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण