‘महानायक’ भन्दै दीपकराज गिरीमाथि व्यङ्ग्य हुन थालेपछि...
काठमाडौं । अभिनेत्री निर्देशक दीपाश्री निरौलाले केही दिन अगाडि एक अन्तवार्तामा राजेश हमाल ‘महानायक’ हो र ? भन्दै प्रश्न उठाएकी थिइन् ।
कोरोनाको कारण फिल्म क्षेत्रमा परेको विषम परिस्थितिमा अभिभावकत्व निर्वाह गरेर आफूलाई वर्षौंदेखि सहयोग गरेका प्राविधिकहरूलाई परेको पीर मर्कामा ‘महानायक’ उपाधिधारी अभिनेता राजेश हमाल सहयोगी हुन नसकेको प्रति लक्षित गरेर दीपाले उक्त कुरा उठाएकी थिइन् ।
‘महानायक’को हिसाबले फिल्म क्षेत्रको पीडामा मलम नलगाए त्यो पदमा शंका उठ्ने आशय उक्त समय दीपाको रहेको थियो ।
तर उक्त प्रश्नका कारण राजेशका फ्यानले निर्देशक निरौलाको सामाजिक संजालबाट चर्काे आलोचना गरे ।
त्यसपछि उनले तत्कालै माफी पनि मागिन् । तर, पनि उक्त कारण उनको अलोचना हुन अझै छोडेको छैन ।
कतिपय सामाजिक प्रयोगकर्ताले दीपाको उक्त प्रश्न प्रति व्यङ्ग्य गर्दै दीपकराज गिरीलाई महानायक भन्नुपर्ने तर्क अगाडि सारे । उक्त तर्कका कारण नेपाली चलचित्र क्षेत्रका विभिन्न कलाकारले आफूलाई चित्त नबुझेका तथा रिस उठेका कलाकारलाई ‘महानायक’ भनेर कमेन्ट गरेर एक अर्काेलाई उडाउन थाले ।
आफूमाथि व्यङ्ग्य हुन थालेपछि कलाकार दीपकराज गिरी सजक देखिएका छन् । उनले आफूलाई महानायकको पगरी भिर्याउनेलाई आफ्नो बाटो, लक्ष्य कहिले पनि महानायकतिर नभएको स्पष्ट परेका छन् ।
‘मेरो गल्ती विना नै मलाई जबरजस्ती महानायक बनाउनेहरुलाई धन्यवाद’ दीपकले सामाजिक संजालमा लेखेका छन् ‘जवदेखि कलाकार भएँ, हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, सन्तोष पन्त जस्तो बन्न चाहँन्थे ।’
दीपक अगाडि थप्छन् ‘जब असत्य चिच्याई चिच्याई बोलेर भीड जम्मा गरिरहेको हुन्छ, सत्यले चुपचाप आफ्नो बाटो हिँड्नु राम्रो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
कांग्रेसमा सुधारको प्रयास भएको छ : घिमिरे
-
गोविन्द केसी फेरि किन बसे अनसनमा ?
-
एक वर्षमा नेपालको कुल वैदेशिक व्यापार २४ खर्ब नाघ्यो
-
सत्ताका लागि बीपीको मेलमिलाप नीति मिचियो, अब गाली होइन विवेकको राजनीति गरौँ : भीष्मराज आङ्देम्बे
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण