सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु
काठमाडौं । विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ ।
प्रहरीकाअनुसार रुपन्देहीको माँयादेबी गाउँपालिका-५ मकरीस्थित सडकमा मझगावाबाट भैरहवातर्फ जाँदै गरेको लु.३४ प ३४२५ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई मंगलबार दिउँसो दुर्घटना हुँदा चालक सियारी गाउँपालिका-४ पर्सौनी बस्ने ३३ वर्षीय रिजमान अहमद मुसलमानको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएको उनको भिम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो ।
यसैगरी काभ्रेको बनेपा नगरपालिका-४ शेरास्थित सडकमा बा.१ क ९२३६ नम्बरको मिनि टिपर अचानक ब्रेक फेल भई मंगलबार दिउँसो दुर्घटना हुँदा टिपरका सह-चालक भक्तपुर सूर्यबिनायक नगरपालिका-७ बस्ने १८ वर्षीय सुजन वाग्लेको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको शिर मेमोरियल अस्पताल बनेपामा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी चितवनको भरतपुर महानगरपालिका-२९ मुग्लिङ नारायणगढ सडक-खण्डको खहरे भन्ने स्थानमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३० वर्षीय पुरुषको बुधबार बिहान घटनास्थलमै मृत्यु भएको छ । ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ ।
यसैगरी धादिङको धुनिबेशी नगरपालिका-९ खत्रीपौवास्थित सडकमा बा.४ ख ३१०४ नम्बरको टिपरको ठक्करबाट पैदलयात्री काठमाडौं नागर्जुन नगरपालिका-३ बस्ने ४० वर्षीय महेश श्रेष्ठको बुधबार बिहान घटनास्थलमै मृत्यु भएको छ । हाल फरार रहेका टिपर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ स्थित सडकमा पनि ना.५ ख ५४१ नम्बरको ट्रक आफै अनियन्त्रित भई सडकबाट अन्दाजी २५ फिट तल खसेर बुधबार बिहान दुर्घटना हुँदा ट्रकमा सवार रौतहट माधव नारायण नगरपालिका-१ बस्ने २० वर्षीय पवन जैसवालको घटनास्थलमै मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएका ट्रकका चालक सुनसरी चक्रघटी नगरपालिका-७ बस्ने २८ वर्षीय हिरन मगरको अल्पाईन अस्पताल सिमरामा उपचार भइरहेको छ ।
दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् महसुल समायोजन तयारीः वर्षा र सुक्खायामका लागि छुट्टाछुट्टै मूल्य
-
बारामा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु
-
मुस्ताङ आउने विदेशी पर्यटक बढे
-
कोटेश्वरमा कारले ४ वटा मोटरसाइकललाई ठक्कर दियो, ५ जना घाइते
-
एमालेले भन्यो- सरकारले विष्णु पौडेललाई अपहरणको शैलीमा गिरफ्तार गर्यो, यो प्रतिशोधको पराकाष्ठा हो
-
८ किलोमिटर बाटो नबनेपछि गण्डकी प्रदेशबाटै छुट्टिने निर्णयमा पुगे त्रिवेणीवासी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण