मध्यरातमा सिन्धुपाल्चोकमा बाढीको बितण्डा : काँग्रेसद्वारा दुःख व्यक्त, उद्धारमा खटिन कार्यकर्तालाई निर्देशन
काठमाडौं । सिन्धुपाल्चोकको भोटेकोसी र अन्य साना नदीमा आएको बाढीले पुर्याएको जनधनको क्षतिप्रति नेपाली कांग्रेसले दुःख व्यक्त गरेको छ ।
गए मध्यरातिको बाढीमा परेर हालसम्म २ जनाको मृत्यु, २ जना गम्भीर घाइते हुनुका साथै १४ जना हराइरहेको भन्दै काँग्रेसले यस स्थितिमा तत्काल युद्धस्तरमा उद्दारको कार्य गर्न सरकार समक्ष माग गरेको छ ।
काँग्रेस सभापति शेरबहादुर देउवाले सरकारलाई छिटोभन्दा छिटो त्यो क्षेत्रमा उद्धार टोली खटाएर थप मानवीय र भौतिक क्षति रोक्न आग्रह गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्ण प्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। यस्दै देउवाले सिन्धुपाल्चोकका नेपाली कांग्रेस कार्यकर्तालाई तत्काल उद्धारमा खटिन निर्देशन समेत दिएका छन् ।
देउवाले बाढीका कारण अमूल्य जीवन गुमाउने दुई नागरिकको परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै उनीहरुको आत्माको चिरशान्तिको कामना गर्नुका साथै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेक्सिकोको किल्ला भत्काउँदै इंग्ल्याण्ड विश्वकपको क्वार्टरफाइनलमा
-
चार स्वर्ण जितेकी दीपाको चिन्ता : अन्तर्राष्ट्रिय सपना आर्थिक अभावले त रोकिँदैन ?
-
विचारधारा : यो के हो, किन आवश्यक छ?
-
सुदूरपश्चिमको बजेट : सत्ता साझेदारकै असन्तुष्टिले संसद्मा पुग्न सकेन, विकासको एजेन्डा ओझेलमा
-
रुपन्देहीका किसान बोरिङ र पम्पसेटको भरमा धान रोप्न बाध्य
-
काम नगर्ने चार निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण