कोरोना सङ्क्रमितको डायलासिस गर्दै भरतपुर अस्पताल
चितवन । चितवन र आसपासका क्षेत्रका कोरोना सङ्क्रमितको उपचार गर्दै आएको यहाँको भरतपुर अस्पतालले मिर्गौलाका बिरामीको डायलासिस समेत गर्न शुरु गरेको छ । नेपाल सरकारले कोभिड–१९ को उपचारका लागि पहिलो र दोस्रो तहका बिरामीको उपचार गर्न भरतपुर अस्पताल र यसको मातहतमा रहेको भरतपुर कोरोना विशेष (अस्थाई) अस्पताललाई तोकेको छ ।
भरतपुर अस्पतालका मिर्गौला रोग विशेषज्ञ डा.सन्तोष गुरुङका अनुसार एक जना सङ्क्रमितको डायलासिस अस्पतालले गरिरहेको छ । ती बिरामी हेटौंडा उपमहानगरपालिका–५ का ३३ वर्षीय पुरुष हुन् । साउदीबाट फर्किएका उनको तेस्रोपटक आज भरतपुर अस्पतालमा डायलासिस गरिएको छ । गुरुङका अनुसार यसअघि असार १८ र १९ गते उनको भरतपुर अस्पतालमा डायलासिस गरिएको थियो ।
साउदीमा करिब २० पटक उनको डायलासिस भईसकेको उनले जानकारी दिए । अस्पतालले अन्य बिरामीका लागि दुई दिन डायलासिस नगर्ने गरी व्यवस्थापन मिलाएर डायलासिस गरिरहेको उनको भनाइ छ । बुधबार राति १२ बजेबाट डायलासिस कक्ष अन्य बिरामीका लागि बन्द गरिएको छ । ती बिरामीको डायलासिस गरिएपछि त्यहाँको पूर्णरुपमा निर्मलीकरण थालिएको छ ।
शुक्रबार बिहान ६ वजेबाट अन्य बिरामीको डायलासिस शुरु गरिने उनले जानकारी दिए । अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा.श्रीराम तिवारीका अनुसार डायलासिस गर्ने प्राविधिकहरुले विश्व स्वास्थ्य सङ्गठनले जारी गरेको निर्देशिकालाई पूर्णरुपमा पालना गरी उच्च सतर्कताका साथ काम गरिरहेका छन् ।
हाल अस्पतालमा हरेक साता, सातामा दुई पटक र महिनाको एक पटक डायलासिस गर्ने १०६ जना बिरामी रहेका छन् । उनले अस्पतालमा उपचार गर्न आउने सङ्क्रमितलाई देखिएका सबै खालका रोगको उपचार गर्न भरतपुर अस्पताल सक्षम भएकै कारण छिमेकी जिल्लाबाट पनि बिरामी आउने गरेको बताए ।
अस्पताल विकास समितिका अध्यक्ष डा.भोजराज अधिकारीले पहिलो र दोस्रो तहका बिरामी हेर्ने जिम्मा भरतपुर अस्पताललाई दिइएको भए पनि तेस्रो तहका बिरामी पनि हेर्न बाध्य भएको बताए । जिल्लाका अन्य अस्पतालमा सङ्क्रमण देखिएर जटिल भएका बिरामी पनि भरतपुर पठाइने गरेको उनले बताए ।
यहाँका दुई मेडिकल कलेजलाई पनि कोभिड उपचारमा सहभागी गराएमा बिरामी थप भएको अवस्थामा उपचारमा सहजता हुने उनको भनाइ छ । अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार हाल भरतपुर अस्पतालमा ३७ जना कोरोना सङ्क्रमितले उपचार गराइ रहेका छन् । यसै अस्पतालमा ३८ जना उपचारपछि निको भएर फर्किएको उनले जानकारी दिए । दुई जनाको उपचारको क्रममा मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण