लमजुङमा पहिरोमा पुरिएर एकै परिवारका ३ जनाको मृत्यु
शुक्रबार, २६ असार २०७७, ०८ : ४९
काठमाडौं । लमजुङमा पहिरोमा पुरिएर एकै परिवारका ३ जनाले ज्यान गुमाएका छन् ।
अबिरल वर्षाका कारण बेंसीशहर नगरपालिका ७, सातबिसेका एकै परिवारका ३ जनाको मृत्यु भएको हो ।
बेंसीशहर नगरपालिका १० स्थित स्थायी ठेगाना भएका दीपक तामाङ, उनको श्रीमति अन्दाजी बिमाया तामाङ र छोरा छेवाङ तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।
उनका अनुसार बर्षाका कारण बिहीबार राति साढे १० बजेतिर उनीहरु बस्दै आएको घरलाई पहिरोले पुरेको थियो ।
मृतक ३ जनाको शव अहिले लमजुङ जिल्ला सामुदायिक अस्पतालमा पोष्टमार्टमका लागि राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत
-
डा. केसीले उठाएका विषय प्रष्ट पार्न आग्रह
-
१२ बजे १२ समाचार: प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल, कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिको प्रक्रिया अघि बढ्यो
-
गेउरिया खोलामा पक्की पुल बनेसँगै आवागमन सहज
-
नेपाल बाल सङ्गठनको बाल मन्दिरमा पुनः संरचनाको काम सुरु
-
भोटेकोशीमा इभी खस्दा चालकसहित सवारीसाधन बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण