फिल्म ‘लकडाउन’ सार्वजनिक (भिडियो)
काठमाडौं – कोरोना अर्थात कोभिड–१९ का कारण यतिबेला संसारभरका नागरिक ठुलो समस्यासँग जुधिरहेका छन् । कोरोनाको प्रभाव बढ्दै गएपछि विभिन्न देशले लकडाउन सुरु गरे, कतिपय देशमा अहिले पनि जारी छ ।
लकडाउन पुर्ण रुपमा कहिले खुल्छ ? त्यो अहिल्यै अनुमान गर्न सक्ने स्थिती छैन । तर, लकडाउन सुरु भएपछि आम नागरिकहरुले के कस्तो समस्या झेल्नु परेको छ ? भन्ने बिषय समेटेर छोटो फिल्म ‘लकडाउन’ निर्माण भएको छ ।
फिल्ममा एक सम्पन्न युवाको लक कसरी डाउन भइरहेको छ भन्ने देखाउन खोजिएको छ । आर्थिक अवस्थाले झन् झन् तड्पिरहेका युवाकी प्रेमिकाले आफ्ना प्रेमीको अवस्था बुभेर उनी प्रति देखाएको सद्भाव र सहयोग समेत फिल्ममा राखिएको छ । जुन बिषयले धेरैलाई भावुक बनाउने निर्माण युनिटको अपेक्षा रहेको छ ।
द सेलिब्रेटी टाइम्सको ब्यानरमा निर्माण गरिएको फिल्ममा अभिविन्द खनिया, बर्षा भण्डारी, अनिकेत अधिकारी र प्रख्यात घिमिरेको अभिनय देख्न सकिन्छ ।
रामजी ज्ञवालीको लेखन तथा निर्देशन रहेको फिल्ममा निमा शेर्पाको छायाँकन तथा सम्पादन रहेको छ । फिल्मको छायाँकन काठमाडौ र ललितपुरमा गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : सार्वजनिक बिदा पुनरवलोकन गरिने, बजेट कार्यान्वयनबारे ३७ बुँदे मार्गदर्शन
-
झापाबाट हराएका ६५३ जना एक वर्षमा फेला
-
शैक्षिक परामर्श संस्था नवीकरणको अनलाइन आवेदन दिने म्याद थपियो
-
बाजुरा जिप दुर्घटना अपडेट : घाइते भएकामध्ये दुई जनाको मृत्यु
-
मन्त्रालय घटेसँगै दरबन्दी व्यवस्थापनमा जोड, लोकसेवा पदपूर्ति नरोकिने
-
गण्डकीमा प्रदेश सरकार फेरबदलः ‘पर्ख र हेर’को स्थिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण