शैक्षिक परामर्श संस्था नवीकरणको अनलाइन आवेदन दिने म्याद थपियो
सारांश
- शिक्षा तथा खेलकुद मन्त्रालयले शैक्षिक परामर्श संस्था नवीकरणका लागि अनलाइन आवेदन दिने म्याद साउन ९ गतेसम्म थप गरेको छ।
- नवीकरण दस्तुर भुक्तानीका लागि साउन १४ गतेसम्मको समय दिइएको छ।
- शैक्षिक परामर्श सेवाको केन्द्रीय कार्यालयका लागि २५ हजार र शाखा कार्यालयका लागि २० हजार रुपैयाँ नवीकरण दस्तुर तोकिएको छ।
काठमाडौँ। शिक्षा तथा खेलकुद मन्त्रालयले शैक्षिक परामर्श संस्था नवीकरणका लागि अनलाइन आवेदन दिने समय थप गरेको छ।
मन्त्रालयको शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखाले एक पूरक सूचना जारी गर्दै यसअघि साेमबार(साउन ४ गते)सम्म तोकिएको समय सीमालाई बढाएर साउन ९ गतेसम्म कायम गरेको हो।
निर्देशिका र नियमावलीका व्यवस्थाहरू समन्वय गरी प्रकाशन गरिएको यस सूचना अनुसार आवेदन दिने संस्थाहरूले कागजात भेरिफाइ भएपछि सिर्जित हुने भौचर नम्बरका आधारमा आन्तरिक राजस्व विभागको प्रणालीमा गई साउन १४ गतेभित्र नवीकरण दस्तुर बुझाउनुपर्ने व्यवस्था गरिएको छ।
मन्त्रालयले 'शैक्षिक परामर्श सेवा, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन र व्यवस्थापन) नियमावली, २०८३' अनुसार विभिन्न सेवाहरूको नवीकरण दस्तुर पनि निर्धारण गरेको छ।
जसअनुसार शैक्षिक परामर्श सेवाको केन्द्रीय कार्यालयका लागि २५ हजार र प्रति शाखा कार्यालयका लागि २० हजार रुपैयाँ नवीकरण दस्तुर तोकिएको छ।
यसैगरी, पूर्वतयारी कक्षा, भाषा परीक्षण र भाषा शिक्षण सेवाका लागि समान पाँच हजार रुपैयाँ दस्तुर कायम गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुयानामा डुंगा दुर्घटना: २७ जनाको शव फेला, चालक दलमाथि अनुसन्धान
-
मेयर ममदानीको अभिव्यक्तिपछि ट्रम्पले भने, ‘नेतन्याहू अमेरिकामा कुनै पनि हालतमा पक्राउ पर्ने छैनन्’
-
अतिक्रमित वनक्षेत्रको संरचना हटाइयो
-
१२ जिल्लाका साना नदीमा बाढीको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह
-
सोमबार कुन सहरमा कति छ वर्षाको सम्भावना ?
-
विदेशी बिरामी मार्फत् एक अर्ब ५० करोडभन्दा बढी विदेशी मुद्रा भित्र्याउँदै नेपाल नेत्रज्योति सङ्घ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण