महोत्तरीको नदीमा बाढी, २४ गाउँ जोखिममा
महोत्तरी । बुधबार साँझदेखि नै महोत्तरी जिल्लामा मुसलेधार पानी परेपछि जिल्लाको आधा दर्जनभन्दा बढी नदी खोलामा बाढी आएको छ ।
लगातारको भीषण वर्षासँगै जिल्लाको रातो, विग्ही, जंघा, अंकुशी, भब्सी, गेरुकी, कुटमेश्वरी, ढोलन र मरहालगायतका नदीमा बाढी आएको स्थानीयवासीले बताएका छन् । बाढीका कारण जिल्लाका अधिकाँश गाउँमा बाढीको पानी पस्ने जोखिम बढेको छ ।
बाढीका कारण नदी छेउछाउका २४ भन्दा बढी गाउँका बासिन्दाहरु त्रसित भएका छन् भने उनीहरु बाढीको बेला हुनसक्ने क्षति विरुद्ध सतर्कता अपनाउनमा जुटेका छन् । वर्षायाममा महोत्तरीको धेरै जसो भाग डुबानमा पर्ने गरेको तथा बाढीले सयौँलाई विस्थापित बनाउँदै आएको कुरालाई मध्य नजर गर्दै स्थानीयवासीले नदीहरुमा आएको बाढीलाई देखेर सुरक्षा व्यवस्थाको जोहो गर्न थालेका छन् ।
बाढीबाट हुने जोखिम न्यूनीकरणका लागि जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय र जिल्ला दैवी प्रकोप उद्धार समितिलगायत सम्बन्धित निकाय तयारी अवस्था रहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण