पहिरोमा पुरिएर उद्धार र उपचारको पर्खाइका ३६ घण्टा
बेनी – पहिरोले घर पुरिँदा शुक्रबार बिहान घाइते भएकी धवलागिरि गाउँपालिका–६ राम्चेकी २२ वर्षीया मञ्जिता श्रीपालीको शनिबार बिहान ११ बजे मात्र उद्धार भयो । ६ महिनाकी गर्भवती मञ्जिताले करिब डेढ दिन उद्धार र उपचारको पर्खाइका लागि छटपटीमै घण्टौं बिताउनु परेको हो ।
बेनी अस्पतालमा प्राथमिक उपचारपछि उनलाई हेलिकप्टरमार्फत दिउँसै पोखराको मणिपाल शिक्षण अस्पताल पु¥याइयो । यसैगरी, शनिबार १ बजे हेलिकप्टरबाट बेनी अस्पताल ल्याइएकी ८८ वर्षीया गौमती सुनार पनि पहिरोमा भाग्दाभाग्दै हात, खुट्टा र शरीरका विभिन्न भागमा चोट लागेर घाइते भएकी थिइन् । ‘गाउँबाट बाहिर जाने बाटो पहिरोले बगाएकाले स्वास्थ्य चौकीसम्म पनि लैजान सकेनौं’, गौमतीका नाति हरिले भने,
‘हेलिकप्टरको पर्खाइमा छट्पटाउँदै बस्नुभयो ।’ शुक्रबार बिहानै कोदो रोप्न बारीमा जाने रिखकी हीरा जुग्जालीको योजना पनि उज्यालो हुन नपाउँदै खसेको पहिरोले पूरा हुन दिएन । ‘बिहानै मेलामा जाने योजना थियो । जेठी छोरी र छोरा मसँग थिए’, हीराका श्रीमान् धनबहादुरले भने, ‘अर्को कोठामा सुतेका दुई छोरी र पत्नीलाई बचाउन खोज्दाखोज्दै पहिरोले बगायो ।’ बेनी अस्पतालमा उपचार गराइरहेका धनबहादुरकी पत्नी, छोरी कञ्चन र करिश्मालाई गुमाउनुको पीडाले भक्कानिए ।
जुग्जालीका छोरा अर्जुन र अर्की छोरी रीतु पहिरो आएको थाहा पाएपछि भागेका थिए । करिब ३६ घण्टासम्म शरीरमा लागेको चोटको पीडा खपेर बसेका धनबहादुरले अस्पताल आएपछि दुखाइ कम भएको सुनाए ।
‘अन्नबाली उब्जाउने खेतबारी, गोठ र घर सबै पहिरोले बगायो’, उनले भने, ‘न बस्ने घर छ । न जीवनमा साथ दिने पत्नी र साना छोरी रहे ।’ पहिरोमा घाइते भएका १२ जनाको शनिबार दिउँसो नेपाली सेना र प्रभु एयरको हेलिकप्टरमार्फत उद्धार गरिएको थियो । मञ्जितासहित मालिका–७ बिमका ४० वर्षीय पूर्ण परियार, धवलागिरि–६ का बालसिंह रोका, सफल श्रीपाली र ताकमकी ६७ वर्षीया सतदेवी बिटालुलाई पोखरा रिफर गरिएको बेनी अस्पतालले जनाएको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा सन्तोष गौतमले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'मूल्य समायोजन नपाउँदा निर्माण उद्योग इतिहासकै धराशायी अवस्थामा'
-
हरिवंश र आना उत्कृष्ट कलाकार, फिल्ममा ‘ऊनको स्वीटर’
-
यस्तो बन्यो बालेन नेतृत्वको १७ सदस्यीय मन्त्रिपरिषद्
-
रवि लामिछानेविरुद्धको संगठित अपराधसम्बन्धी कसुर फिर्ता लिन पर्सा अदालतको अनुमति
-
वैशाखमा मूल्यवृद्धि ५.०४ प्रतिशत पुग्यो, खाद्यभन्दा गैर-खाद्य वस्तु तथा सेवामा महँगी बढी
-
महावीर पुनको नवप्रवर्तन यात्रा : नील आर्मस्ट्रङलाई चिठीदेखि कृषि कारखानासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण