बाढी एकको मृत्यु, ७४९ जना विस्थापित
झापामा अविरल वर्षाका कारण कनकाइलगायतका नदीमा आएको बाढीले एकको मृत्यु, एक बेपत्ता र ७४९ जना विस्थापित भएका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाका अनुसार विरिङ नदीमा नुहाउन गएका झापा गाउँपालिकाका–५ का ३५ वर्षीय राजेश गणेशको मृत्यु भएको छ भने भद्रपुर–३ का ३३ वर्षीय हिरण राई मेची नदीमा नुहाउँदा बगेर बेपत्ता भएका छन् ।
पछिल्लो जानकारीअनुसार कनकाइ नदीमा आएको बाढीले झापा गाउँपालिका, गौरीगञ्ज गाउँपालिका र शिवसताक्षी नगरपालिकाका ७४९ जना घर डुबानमा परेका कारण विस्थापित भएका छन् । कनकाइ नदीमा जलसतह बढेर आज सतर्कता नजिक पुगेको छ भने अरु नदीमा पनि बाढी आएको छ । झापा गापाको कुमरखोदमा कनकाइको बाढीले डुबानमा परेका ११४ घरका ५५० जनालाई नेपाल रेडक्रस, गाउँपालिका र प्रहरीको सहयोगमा उद्धार गरी शितुमारी प्रावि र जुडो प्राविमा सेल्टर बनाएर सुरक्षितरुपमा राखिएको छ ।
यसैगरी गौरीगञ्ज गाउँपालिकामा कनकाइको बाढी बढ्न गई झिलझिलेमा ४३ घरका १५० जना, शिवसताक्षीको शिवगञ्जका सात घरका २९ जना र झोडाबस्तीका दुई घरका १४ जनालाई उद्धार गरी स्थानीय सेल्टरमा सारिएको छ । मेचीनगर–७ को पालिया खोलाको बाढी घरभित्रै पसेपछि नौ घरका ४२ जनालाई प्यारीभिट्टास्थित बसपार्कको कोठामा सारिएको छ । बाढीको कहर शुरु भएपछि झापामा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना नेपाल रेडक्रस सोसाइटी र स्थानीय तह विपद् व्यवस्थापन र उद्धारमा आपसी समन्वय गर्दै जुटिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विजय मल्ललाई प्राप्त पुरस्कार
-
सरसफाइ नहुँदा सुक्न थाल्यो पर्सा निकुञ्जभित्रको हलखोरिया दह
-
विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीव्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप
-
संविधान संशोधनको बहस र राजनीतिक सहमतिको औचित्य
-
राष्ट्रिय पशुपन्छी अधिकार दिवस मनाइयो (तस्बिरहरु)
-
विभिन्न स्थानबाट लागूऔषधसहित २३ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण