पत्रकार आपतकालीन राहत कोष स्थापना गर्ने महासंघको निर्णय

नेपाल पत्रकार महासंघले केन्द्रीय समिति मातहत रहनेगरी पत्रकार आपतकालीन राहत कोष स्थापना गर्ने निर्णय गरेको छ । पत्रकारको दैनिक जीवनयापनमा समस्याका कारण पेशाबाटै पलायन हुनुपर्ने वाध्यात्मक अवस्था आउन नदिन महासंघले आपतकालीन राहत कोष स्थापना गर्ने पहलकदमी लिएको हो ।
महासंघ केन्द्रीय समितिले ३० लाख रुपैया जम्मा गरेर सुरुआत गरेको कोषमा नेपाल पत्रकार महासंघका बेलायत, युरोप, जापान, युएई, कोरिया, कुवेत, भारत, कतार शाखा तथा नेपाल अमेरिका पत्रकार संघ नेजा र नेपालिज जर्नालिष्ट एशोसिएसन अष्टेलियाले एक महिनाभित्र सकेको रकम उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेको महासंघका महासचिव रमेश विष्टले जानकारी दिए ।
महासंघका प्रदेश र जिल्ला शाखा, एसोसिएट र प्रतिष्ठानको पहलमा समेत कोषमा रकम जम्मा गरिने उनले बताए ।
कोषमा जम्मा भएको रकम नमासिने गरी अक्षय कोषमा राखिने र त्यसको ब्याजबाट आपतकालीन समस्याबाट पीडित पत्रकारहरुलाई राहत उपलब्ध गराउने महासंघको भनाइ छ ।
यस्तै कोष सञ्चालन निर्देशिका र मापदण्ड पनि तयार गर्ने बताउँदै महासंघले सहयोग गर्न चाहने संघ, संस्था र व्यक्तिहरुलाई नेपाल बंगलादेश बैंकको खाता नं ००१०७००३१५ उपलब्ध गराएको छ ।
कोभिड १९ सक्रमणका कारण कतिपय पत्रकारले जागिर गुमाउनु परेको, बेतलवी बिदामा बस्नु परेको तथा नियमित पारिश्रमिक भुक्तानी हुन नसकेको जस्ता समस्या भोग्नु परेको अवस्थामा महासंघले यस्तो पहलकदमी लिएको हो ।
यसैबीच श्रमजीवी पत्रकार नियमावलीको व्यवस्थाअनुसार सञ्चारमाध्यमले विज्ञापनको १० प्रतिशत रकमबाट पत्रकार कल्याणकोष स्थापना गर्नुपर्ने व्यवस्था भए पनि अहिलेसम्म कार्यान्वयन नभएकोमा महासंघले आपत्ति प्रकट गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माणका लागि धमाधम रुख कटान
-
रु एक करोड ४८ लाखको लागतमा झिँमा वडा कार्यालय भवन निर्माण
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
चक्रपथ दोस्रो खण्ड विस्तारमा अझै समय लाग्ने, सर्भे गर्दै चिनियाँ टोली
-
गर्मीमा कहिले र कसरी लगाउने सनस्क्रिन क्रिम ?
-
गाजामा बलजफ्ती कब्जा गर्ने नेतन्याहूको योजना, हमासविरुद्ध सैन्य आक्रमणको प्रस्तावमा सुरक्षा परिषदको अनुमति