‘रामको अस्तित्व स्वीकार’ गर्दैन कंग्रेस आई, तर युवा संघ किन नेपालप्रति आक्रामक ?
प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार ‘श्रीरामको जन्म नेपालमा भएको हुनुपर्ने तर्क’ अघि सारे । यससँगै भारतीय मिडियामा अहिले हल्लाखल्ला मच्चिएको छ । भारतको सत्तारुढ भारतीय जनता पार्टी (बिजेपी) ले ओलीको अभिव्यक्तीबारे आफ्नो आपत्ति जनाइसकेको छ । बिजेपी हिन्दूवादी पार्टी हो । त्यसैले यसलाई स्वभाविक लिइएको छ ।
तर धर्म निरपेक्ष राजनीति गरिरहेको विपक्षी कंग्रेस आई पार्टी पनि यस विवादमा मुछिएको छ । कंग्रेस आईको युवा संगठन युथ कंग्रेसले यसबारे टिप्पणी गर्दै भनेको छ, ‘उनीहरुले भारतीय सञ्चारमाध्यमलाई प्रतिबन्ध लगाए अनि अहिले नेपालसँग भगवान् राम भारतीय भूमीका पूत्र होइनन् भन्नसक्ने हिम्मत छ ?’
युथ कंग्रेसको यस टिप्पणी अहिले भारतमै विवादित बनेको छ, किनकी कंग्रेस पार्टीको नेतृत्वमा रहेको युपिए गठबन्धन सरकारले कुनै समय सर्वोच्च अदालतलाई जवाफ दिने क्रममा ‘श्रीरामको अस्तित्वबारे कुनै ऐतिहासिक आधार छैन’ भनेको छ ।
तत्कालीन युपिए सरकारका अनुसार रामायणमा ‘वैज्ञानिक र ऐतिहासिक विश्वसनियता’ को कमी छ ।
‘बाल्मिकी रामायण र रामचरितमानस पक्कै पनि प्राचिन भारतीय साहित्यको महत्वपूर्ण हिस्साका रुपमा छ, तर यसलाई ती पात्र र त्यहाँ वर्णन गरिएका घटनाको निर्विवाद अस्तित्व प्रमाणित गर्ने ऐतिहासिक तथ्य बन्न सकिँदैन,’ सर्वोच्च अदालतलाई युपिए सरकारले लेखेको पत्रमा उल्लेख छ ।
सेतुसमुन्द्रम परियोजना निर्माणका क्रममा पौराणिककालमा रामले निर्माण गरेको पुलको अवशेषमा क्षति पुग्ने भन्दै विपक्षी हिन्दुवादीहरुले मुद्दा दायर गरेपछि कंग्रेस नेतृत्वको सरकारले सर्वोच्च अदालतलाई यस्तो जवाफ पठाएको थियो ।
यस्तो परिस्थितीमा रामको अस्तित्व स्वीकार नगर्ने पार्टीको भातृ संगठनले राजनीतिक फाइदा लिनका लागि सामाजिक सञ्जालमा देखाएको अनावश्यक चटकले नेपाल–भारत सम्बन्ध थप बिगार्नसक्ने जानकारहरु बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण