नदी किनारमा पुरुषको शव फेला
यहाँको नारायणी नदी किनारमा एक पुरुषको शव फेला परेको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–६ का ५९ वर्षीय कृष्णप्रसाद चालिसेको नारायणी नदी किनारमा शव भेटिएको हो ।
गैँडाकोट–७ मा अवस्थित नारायणी नदी किनारमा चालिसेलाई मृतावस्थामा भेटिएको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ ।
असार ३० गते मङ्गलबार दिउँसो घरबाट निस्किएका चालिसे बुधबार साँझ मृतावस्थामा भेटिएका इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख चन्द्रबहादुर थापाले जानकारी दिए ।
मङ्गलबार साँझसम्म चालिसेलाई स्थानीयवासीले घुम्दै गरेको अवस्थामा देखेको भए पनि उनको मृत्यु के कारणले भएको भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको थापाले जानकारी दिए ।
चालिसेको शवलाई परीक्षणका लागि चितवनको भरतपुर अस्पतालमा पठाइएको जानकारी दिँदै थापाले परीक्षण रिपोर्ट आउन बाँकी रहेको बताए । चालिसेको मृत्यु शङ्कास्पद देखिएकाले आफूहरुले थप अनुसन्धान अगाडि बढाएको थापाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अवस्था ठिक नभएका सवारी साधन चलाउने ७४ जना चालक कारबाहीमा
-
जालसाजी मुद्दाका फरार प्रतिवादी पक्राउ
-
बैंकिङ्ग कसुर मुद्दामा एकजना पक्राउ
-
बाँके एमाले जिल्ला अधिवेशनमा सहमतिको प्रयास असफल
-
रविले संसद्मा सुनाए दीप श्रेष्ठको गीत : ‘आमा तिनीहरूले जे सुकै भनुन् म बहुला होइन’
-
नेशनल लाइफद्वारा ८० जना अभिकर्ता सम्मानित