कोरोना संक्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापन गरियो
रौतहट । रौतहटमा कोरोना संक्रमणबाट मृत्यु भएका युवाको राष्ट्रिय धुन र सलामीसहित शव व्यवस्थापन गरिएको छ । इन्द्रबक्स गण पुरेनवाका प्रमुख कर्णेल सामन्तध्वज खाँडको सैनिक टोलीले शव व्यवस्थापन गरेको हो ।
परोहा ७ नरकटिया गाउँका ३८ वर्षीय संक्रमित युवाको बुधबार उपचारका क्रममा नारायणी अस्पताल वीरगंजमा मृत्यु भएको थियो ।
केही बर्षदेखि भारत बैंगलौरमा रहेर काम गरिरहेका युवक गत असार २४ गते घर फर्केका थिए । बैंगलौरबाट आउनासाथ उनलाई परोहा ३ तेजापाकड स्थित आधरभूत विद्यालयको क्वारेन्टिानमा राखिएको थियो । असार २८ गते स्वास प्रश्वासको समस्या देखिएपछि उनलाई सोही दिन उपचारका स्वास्थ केन्द्रमा हुँदै थप उपचारका लागि २९ गते नारायणी अस्पताल वीरगंज पठाइएको थियोे ।
सोही अस्पतालमा उपचारका क्रममा असार ३१ गते बिहान स्वाब परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको र अपरान्ह उनको निधन भएको रौतहटका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले जानकारी दिए ।
यसअघि रौतहटको फतुवा बिजयपुरका २४ बर्षिय युवकको पनि कोरोना संक्रमणबाट ज्यान गएको थियो । असारसम्म रौतहटमा ४ महिला र ७२ पुरुष गरि कुल ७६ जना कोरोना संक्रमितलाई आईसोलेसनमा राखेर उपचार भैरहेको छ ।
जिल्लाबाट हालसम्म एकहजार दुईसय १६ जना मानिस कोरोना भाइरस जितेर घर फर्केका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
-
‘बफर’ कोटाको रसायनिक मल वितरण सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण