बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

४५ किलो चरेस सहित २ जना पक्राउ

आइतबार, २५ भदौ २०७४, १५ : ४८
आइतबार, २५ भदौ २०७४

सम्राट सिंह
 

बझाङ– बझाङको छबिसपाथिभेरा गाउँपालिकास्थित भाँडेबगरमा ४५ किलो चरेस सहित २ जना पक्राउ परेका छन् । आइतबार बिहान गिठे बोहरा र सोही ठाउँका २८ बर्षिय दिपक बोहरा चरेससहित पक्राउ परेका हुन् । 

विशेष सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बझाङ र प्रदेश अनुसन्धान ब्यूरोको संयुक्त टोलीले ४५ किलो चरेस २ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक राम बहादुर चन्दले बताए । उनले भने पक्राउ परेका दुइ जनासँग ४७ हजार नगद पनि बरामद गरेको उनको भनाइ छ ।

 पक्राउ परेका दुवै जनालाई लागुऔषध ऐन सम्बन्धि कारबार्हि गरिने जिल्ला प्रहरी कार्यालयका डियसपी क्रृषिराम कडेल ले जानकारी दिए ।

बझाङबाट यो सिजनमा ठूलो परिमाणमा लुकिछिपी चरेस बाहिर जिल्ला निकासी हुने गरेको भएपनि यसपालि भने सुराकी आधारमा प्रहरीले चरेस पक्राउ गरेको एक स्थानिय व्यापारीले बताए ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप