कञ्चनपुरमा पनि सलहको झुण्ड प्रवेश
बिहीबार, ०१ साउन २०७७, २२ : ३५
कैलाली । सुदुरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लामा सलहको झुण्ड प्रवेश गरेको छ । बिहिबार साँझ भारतको लखिमपुर खिरीस्थित दुधुवा रास्ट्रिय निकुञ्ज हुँदै कञ्चनपुरको पुनर्वास नगरपालिका ११ विकास बस्तीमा सलहको झुण्ड प्रवेश गरेको हो ।
बिहीबार साँझपख कञ्चनपुरको पुनर्वास नगरपालिका ११ मा ठुलो संख्यामा सलह प्रवेश गरेको र सो बथान पश्चिम दिशातर्फ गइरहेको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले फेसबुक पेजमार्फत जानकारी दिएको छ । कृषकलाई बाली जोगाउन सजग र सचेत रहन पनि प्रशासनले अनुरोध गरेको छ ।
यथार्थ विवरणका लागि कृषि ज्ञानकेन्द्र कञ्चनपुरको टोली त्यसतर्फ गइसकेको पनि प्रशासनले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
-
सरकार बनाउनका लागि केन्द्रको निर्णय कुर्दै खगराज भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण