सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

उपचारको क्रममा एक कोरोना संक्रमितको मृत्यु

शुक्रबार, ०२ साउन २०७७, १० : ३७
शुक्रबार, ०२ साउन २०७७

सप्तरी – सप्तरीमा एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । सप्तरीको राजविराज नगरपालिका वडा नम्बर १ बस्ने ७३ वर्षीय कोरोना संक्रमितबाट धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

गत असार ३१ गते सप्तरीको राजविराजबाट धरानस्थित प्रतिष्ठानमा उपचारका लागि भर्ना भएका ७३ वर्षिय वृद्धको बिहीबार राति अन्दाजी  १० बजेको समयमा मृत्यु भएको जनाइएको छ । कोरोना संक्रमित व्यक्तिको बिहीबार बेलुका अन्दाजी ६ बजे कोभिड १९ परीक्षणमा पोजेटिभ देखिएको र उनको राति नै मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटारले जानकारी दिए ।

प्रवक्ता डा.सापकोटाले मृतकलाई उच्च रक्तचाप, मधुमेह, मुटुको रोगबाट समेत ग्रस्त रहेको बताए । मृतकको परिवारले उपचारका लागि अस्पताल ल्याएको हुनाले कन्ट्रयाक्ट ट्र्यासिङको कार्य समेत अघि बढाएको अस्पतालले जनाएको छ ।

उनको शव अस्पतालमास्थित मर्चुरीमा राखिएको जनाएको छ । यता सुरक्षा निकायले शवको व्यवस्थापन गर्ने भएकाले त्यसको तयारी भइरहेको प्रतिष्ठान जनाएको छ ।

यससंगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४० पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप