झापा प्रहरीले पल्टाउन थाल्यो पूरानो फाइल, हत्या भएको १४ वर्षपछि अभियुक्त पक्राउ

काठमाडौं – कर्तव्य ज्यानसम्बन्धी घटनामा संलग्न फरार अभियुक्त १४ वर्षपछि पक्राउ परेका छन् ।
झापाको साबिक टाघनडुब्बा गाविस–९ का ३५ वर्षीय नत्थु विश्वकर्माको हत्यामा संलग्न बौदल लामगादे भनिने पुण्यप्रसाद विश्वकर्मा १४ वर्षपछि पक्राउ परेका हुन् ।
घटना १४ वर्षअगाडि पुण्यप्रसादले नत्थुमाथि कुटपिट गरी हत्या गरेका थिए । नत्थुको विराट नर्सिङ होममा उपचारको क्रममा मृत्यु भएको झापाका एसपी कृष्ण कोइरालाले जानकारी दिए ।
उनका अनुसार पुण्यप्रसाद टाघनडुब्बा– ९ स्थित ससुरालीमा गएका र साबिक टाघनडुब्बा–७ कामाटोली बजारबाट नसोधिकन नत्थुको साइकल लामगादेले चलाएका थिए । साइकल फिर्ता लिन जाँदा मादक पदार्थ सेवन गरेर ससुरालीमा बसेका लामगादेले नत्थुमाथि कुटपिट गरेका थिए । साबिकको मेचीनगर–८ का उनी टाघनडुब्बा–९ स्थित नन्दुलाल विश्वकर्माका जेठा ज्वाइँ हुन् ।
पछिल्लो समय पुराना घटनामाथि अनुसन्धान गर्ने क्रममा प्रहरीले उनी हाल मेचीनगर–५ इटाभट्टामा रहेको पत्ता लगाएको थियो ।
नागरिकता र किटानी जाहेरीमा उल्लेखित नाम फरक–फरक भएकाले उनी उम्किँदै आएका थिए । नाम फरक भएकै कारण उनी वैदेशिक रोजगारीका लागि पनि गएको पाइएको छ ।
घटनाको थप अनुसन्धानका लागि जिल्ला अदालत झापाले लामगादेलाई ७ दिन हिरासमा राख्न अनुमति दिएको छ । यो अवधिमा उनको बयान, तथ्य विश्लेषण र प्रमाण संकलन लगायत हुनेछ । २०६३ साल चैत २५ नत्थुको उपचारको क्रममा मृत्यु भएपछि ससुरा रामबहादुर विश्वकर्माले लामगादेविरुद्ध प्रहरीमा जाहेरी दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरामा तरबुजा खेतीः चार महिनामा १५ लाख रूपैयाँ आम्दानी
-
चार वायुको प्रभाव कायमै, आज यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा
-
महाकालीको बार आज कुन राशिलाई कस्तो लाभ ?
-
खानेपानीको समस्याबाट मुक्ति
-
प्रिमियर लिगमा चेल्सी र एस्टन भिल्ला विजयी, के च्याम्पियन्स लिग सुरक्षित गर्लान् ?
-
आज कुन देशको मुद्राको मूल्य कति ?