झापा प्रहरीले पल्टाउन थाल्यो पूरानो फाइल, हत्या भएको १४ वर्षपछि अभियुक्त पक्राउ
काठमाडौं – कर्तव्य ज्यानसम्बन्धी घटनामा संलग्न फरार अभियुक्त १४ वर्षपछि पक्राउ परेका छन् ।
झापाको साबिक टाघनडुब्बा गाविस–९ का ३५ वर्षीय नत्थु विश्वकर्माको हत्यामा संलग्न बौदल लामगादे भनिने पुण्यप्रसाद विश्वकर्मा १४ वर्षपछि पक्राउ परेका हुन् ।
घटना १४ वर्षअगाडि पुण्यप्रसादले नत्थुमाथि कुटपिट गरी हत्या गरेका थिए । नत्थुको विराट नर्सिङ होममा उपचारको क्रममा मृत्यु भएको झापाका एसपी कृष्ण कोइरालाले जानकारी दिए ।
उनका अनुसार पुण्यप्रसाद टाघनडुब्बा– ९ स्थित ससुरालीमा गएका र साबिक टाघनडुब्बा–७ कामाटोली बजारबाट नसोधिकन नत्थुको साइकल लामगादेले चलाएका थिए । साइकल फिर्ता लिन जाँदा मादक पदार्थ सेवन गरेर ससुरालीमा बसेका लामगादेले नत्थुमाथि कुटपिट गरेका थिए । साबिकको मेचीनगर–८ का उनी टाघनडुब्बा–९ स्थित नन्दुलाल विश्वकर्माका जेठा ज्वाइँ हुन् ।
पछिल्लो समय पुराना घटनामाथि अनुसन्धान गर्ने क्रममा प्रहरीले उनी हाल मेचीनगर–५ इटाभट्टामा रहेको पत्ता लगाएको थियो ।
नागरिकता र किटानी जाहेरीमा उल्लेखित नाम फरक–फरक भएकाले उनी उम्किँदै आएका थिए । नाम फरक भएकै कारण उनी वैदेशिक रोजगारीका लागि पनि गएको पाइएको छ ।
घटनाको थप अनुसन्धानका लागि जिल्ला अदालत झापाले लामगादेलाई ७ दिन हिरासमा राख्न अनुमति दिएको छ । यो अवधिमा उनको बयान, तथ्य विश्लेषण र प्रमाण संकलन लगायत हुनेछ । २०६३ साल चैत २५ नत्थुको उपचारको क्रममा मृत्यु भएपछि ससुरा रामबहादुर विश्वकर्माले लामगादेविरुद्ध प्रहरीमा जाहेरी दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर अस्पतालमा एक महिनादेखि सिटी स्क्यान सेवा बन्द, बिरामी निजी अस्पताल धाउन बाध्य
-
चौरजहारी–मुसिकोट सडक १५ दिनका लागि बन्द हुने
-
रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात
-
पहिलो ‘ड्रिम प्रोजेक्ट’ मा भएको ढिलाइ र लागत १८ अर्ब पुग्दा संसदीय समितिमा उठ्यो प्रश्न
-
दीपक भट्ट र शुलभ अग्रवालमाथि म्याद थपियो
-
फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण