कालीगण्डकीमा युवक मृत फेला
शुक्रबार, ०२ साउन २०७७, १२ : ४७
बाग्लुङ । बागलुङ नगरपालिका–१३ स्थित कालीगण्डकी नदी किनारामा एक युवकको शव फेला परेको छ । जैमिनी नगरपालिका–१० निवासी १८ वर्षीय जीवन पुन आज मृत फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
उनी गत असार ३० गते पर्वत जिल्लाको कुश्मा नगरपालिका–१ की दिदीका घरबाट जैमिनी हिँडेपछि सम्पर्कविहीन भएकामा आज कालीगण्डकी किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिए । शव प्रहरीले परीक्षणका लागि धौलागिरि अस्पतालमा राखिएको छ ।
दिदीका घरबाट कालीगण्डकी तरेर जैमिनीतर्फ जाने क्रममा ठूलो पानी परेका कारण चिप्लिएर नदीमा खसेको हुन सक्ने प्रहरीको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरानका आक्रमण थप आक्रामक, दबाबमा अमेरिका
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण