सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ३ हजार ८८१
कैलाली – सुदूरपश्चिम प्रदेशमा फेला परेका संक्रमितको संख्या ३ हजार ८८१ रहेको छ ।
महिला ९०२ र पुरुष २ हजार ९७९ रहेको स्वास्थय निर्देशनालय डोटीले मिडिया ब्रिफिङ्गमा जानकारी दिएको छ । हालसम्म अछाम ६३७, बैतडी३००, बझाङ्ग १६४, बाजुरा ४४६, डडेल्धुरा २८६, दार्चुला २०, डोटी ५३६, कैलाली १०३१, कंचनपुर ४६१ जना संक्रमित फेला परेको मिडिया ब्रिफिङ्गमा जनाएको हो ।
हालसम्म १ हजार ६६८ निको भएका छन् भने ८ जना संक्रमितको मृत्यु भइसकेको छ । सेतीप्रादेशिक धनगढीको प्रयोगशालाबाट शुक्रबार गरिएको परिक्षणबाट ८, डडेल्धुरा अस्पातालको प्रयोगशाला ३ बाट जनामा संक्रमण पुष्टि भएको सामाजिक बिकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह काक्रीले रातोपाटीलाई जानकारी दिए ।
प्रदेशमा हालसम्म २८ हजार २७७ जनाको पीसीआर बिधिबाट जाँच गरिएको र २४ हजार ३९६ मा नेगेटिभ आएको उनले बताए ।
१ हजार ५१० को रिपोर्ट आउन बाँकी रहेको छ । आरडिटी बिधिबाट १ लाख २० हजार ४९६ जनामा परिक्षण गरिएको छ ।
क्वारेन्टिाईनमा ४ हजार ७५३ पुरुष र १ हजार ८५९ महिला रहेका छन । प्रदेशका बिभिन्न आईसोलेसनमा शंकास्पद १४ र संक्रमित ४८ गरी ६२ जनाको उपचार भईरहेको छ ।
७६४ जना भने सामान्य उपचार पछि घर गईसकेका छन् ।
हाल सेती प्रादेशिक अस्पताल धनगढीमा २, टिकापुरमा १३, महाकालीमा १८, अछाममा १०, डोटी २, र मालाखेती अस्पतालमा ३ जना संक्रमितको उपचार भई रहेको उनले बताए ।
बाँकीको भने ९ वटै जिल्लाको आईसोलेसनमा उपचार भइरहेको स्वास्थ्य महाशाखा प्रमुख काक्रीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कूटनीतिक परिपक्वताको संकेत : परराष्ट्रमन्त्रीको बेइजिङ भ्रमणले कोरेको ‘प्रो-नेपाली’ मार्गचित्र
-
बस्ती हटेपछि यस्तो देखियाे काठमाडौँ उपत्यकाकाे सुकुमबासी क्षेत्र (तस्बिरहरू)
-
मुख्य राजमार्गहरूको पछिल्लो अवस्था : कतै एकतर्फी, कतै पूर्ण रूपमा बन्द
-
प्रतिनिधि सभा बैठक बस्दै, विनियोजन विधेयक पारित गर्ने कार्यसूची
-
पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार
-
कर्णाली सरकारले जेठमा मात्रै गर्यो २ अर्ब ४० करोड बजेट खर्च
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण