हत्या आरोपी वडाध्यक्ष पुर्पक्षका लागि जेल चलान

सर्लाही । नेकपाका एक स्थानीय नेताको हत्या अभियोगमा मुछिएका सर्लाही जिल्लाका एक वडाध्यक्षलाई जेल चलान गरिएको छ ।
रामनगर गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष रामनरेश महतोलाई अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको हो ।
रामनगर गाउँपालिका वडा नम्बर ४ स्थित बहुअर्वाका ६० वर्षीय रामजनम भनिने रामजल रायको हत्या घटनामा वडाध्यक्ष महतो मुछिएका थिए । सर्लाही जिल्ला अदालतका न्यायाधीश दीनबन्धु बरालको इजलाशमा थुनछेक बहसपछि महतोलाई पुर्पक्षमा कारागार चलान गर्ने आदेश भएको हो ।
अदालतको आदेश अनुसार महतोलाई गौर कारागार, रौतहट चलान गरिएको छ ।
नेता रामजलको गत असार ७ मा धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा घर नजिकैको खेतमा शव फेला परेको थियो । उनको हत्या लगत्तै प्रहरीले आरोपित वडाध्यक्ष महतोलाई पक्राउ गरेको थियो ।
यस्तै घटनामा संलग्न भनिएका अन्य ८ जना अझै फरार छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
-
बेपत्ता गोताखोरको खोजी जारी, एक जनाको शव फेला
-
सकियो हलिउड फिल्म ‘तेन्जिङ’को नेपाल छायाङ्कन
-
सप्तरीमा डकैतीपछि गोली फायरिङ र धारिलो हतियार प्रहार, एक जनाको मृत्यु, एक घाइते
-
बेपत्ता गोताखोरको बिहानैबाट खोजी सुरु
-
युएसएड बन्द भएपछि चोभार सुख्खा बन्दरगाहमा थन्किए सयौँ गाडी र मोटरसाइकल (तस्बिरहरू)