बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

रुकुममा सम्बन्ध विच्छेदका मुद्दा बढे

आइतबार, २५ भदौ २०७४, १९ : २६
आइतबार, २५ भदौ २०७४

दीपकसंगम थापा

रुकुम– शिक्षा, प्रविधि र चेतनाकोस्तर वृद्धिसँगै समाजमा भातृत्व र सहिष्णुता बढ्दै जानु पर्ने हो तर रुकुममा भने त्यसको ठीक विपरित भएको छ । पछिल्लो पटक रुकुममा विभिन्न प्रकृतिका मुद्दाहरु दिन प्रतिदिन बढिरहेको पाइएको छ । आइतबार जिल्ला अदालत रुकुमले सार्वजनिक गरेको तथ्यांकले यस्तै देखिएको छ । 

जिल्ला अदालत रुकुममा पछिल्लो पटक सम्बन्ध विच्छेद, अंशबण्डा, कुटपिट, चोरीडकैती लगायतका मुद्दाहरु बढिरहेका छन् । गत आर्थिक वर्ष ०७२ को भन्दा २०७३ मा मुद्दाहरु बढेको देखिएको छ । गएको २०७३ मा मात्र अदालतमा ३ सय ७९ मुद्धा दर्ता भएको र ६९ वटा पुराना मुद्दा सरेर आएको जिल्ला न्यायाधीस डण्डपाणि शर्माले बताए । अदालतमा सबैभन्दा बढि सम्बन्ध विच्छेदका मुद्दाहरु दर्ता हुने गरेका छन् । गएको वर्ष मात्र अदालतमा १ सय ६७ वटा सम्बन्ध विच्छेदका मुद्धाहरु दर्ता भएको बताइएको छ । 

वैदेशिक रोजगारी, अशिक्षा, बहुविवाह, कम उमेरमै विवाह गर्ने गरेका कारण सम्बन्ध विच्छेदका मुद्दा बढेको न्यायाधीस शर्माले बताए । मुद्दा दर्ता गराउनेहरुमा १४ वर्षदेखि ५३ वर्ष उमेर समुहका महिलाहरु छन् । साथै गत आर्थिक वर्षमा लक्ष्य भन्दा बढि मुद्दाहरु पmछ्र्यौट गरेको छ । अदालतले सार्वजनिक गरेको एक वार्षिक प्रतिवेदनअनुसार गत आर्थिक वर्षमा ८०.५८ प्रतिशत मुद्दाहरु फछ्र्यौट भएका छन् ।

अदालतको न्यायिक काम प्रवाह गर्ने क्रममा वार्षिक लक्ष्य ७५ प्रतिशत रहेकोमा लक्ष्य भन्दा बढी मुद्धाहरुको फैसला गरिएको हो । अदालतमा दर्ता भएका विभिन्न प्रकृतिका ४ सय ४८ मुद्दाहरु मध्ये ३ सय ६१ वटा मुद्धाको फछ्र्यौट भइसकेको र ८७ मुद्दा बाँकी रहेका छन् । अदालतकाअनुसार गएको आर्थिक वर्षमा दण्ड जरिवानामार्फत ६६ लाख ९७ हजार १ सय ९८ रुपैंया असुल गर्नुपर्नेमा २० लाख रकम असुल गरिसकेको र ४६ लाख रकम असुल गर्न बाँकी रहेको बताइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप