कोरोनाबाट मर्नेको मतलब किन हुन छाड्यो ?
एजेन्सी । जब दुनियाँमा कोरोना भाइरसको प्रभाव फैलन सुरु भएको थियो, तब हरेक मृत्युलाई लिएर मानिसहरु दुःख व्यक्त गर्थें । कोरोनाको संक्रमणबाट डराउथें, ज्यान गुमाउने डरले नै मानिसहरुले कडा लकडाउन पालना गरे ।जब अहिले यो महामारीले पुरै दुनियाँलाई निमोठिसकेको छ । लाखौं मानिस यसको शिकार भइसकेका छन् । शहरहरु मसानघाट बनिसकेका छन् । त्यसैले मानिसहरुलाई यस महामारीका कारण कसैको मृत्यु हुदाँ दुःख लाग्दैन । अब मानिसहरु यसलाई आफ्नो भाग्य ठानेर निराश छन् ।
कोरोना भाइरसबाट हुने मृत्यु अब केवल आँकडा बनेर बसेको छ । यहाँसम्म कि मानिसहरु अब यससँग जोडिएको खबर पनि हेर्न चाहाँदैनन् । के कोभिड–१९ को आतंक अगाडी हामी पनि असंवेदनशील भएका हौं ? हाम्रो सहानुभूति, करुणा सबै कमजोर भएको हो ? अब हामीलाई कोही मरेको वा बाचेको कुराले कुनै असर गर्दैन, यसको कारण के हो ?
मदर टेरेसाले एकपटक भनेकी थिइन् कि ‘यदि मैले भीडलाई हेरें भने कहिल्यै काम गर्न सक्दिन । यदि मैले कोही एकलाई हेरें भने पक्कै पनि राम्रो काम गर्नेछु ।’ यस भनाईमार्फत मदर टेरेसाले दुनियाँलाई बताइन् कि कसैको दुःखले हाम्रो मुुटु र दिमागमा सिधा असर गर्छ । जबकि एक भीडको समस्या केवल आँकडा बनेर बस्ने गर्छ ।
कुनै पनि आपतकालमा थाहा छैन कति मान्छे मर्छन् । तर हामी केवल उनीहरुबारे कुरा गर्छौ र भुल्छौं । कोरोना कालमा पनि यस्तै भइरहेको छ । भाइरसको रुपमा थाहा छैन कति घरमा मृत्यु दाखिल भइरहेको छ, जबकी बाँकी मानिसको जिन्दगी चलिरहेको छ ।
अमेरिकामा पछिल्लो महिना नै मर्नेहरुको संख्या एक लाख नाघिसकेको छ । यो आँकडा भियतनाम युद्धका दौरानमा मारिएका अमेरिकी नागरिकको तुलनामा दुई गुणा छ । कोरियाली युद्धपछि अमेरिकाले जति पनि लडाई लडेको छ, त्यसमा जति पनि अमेरिकी सैनिक मारिएका छन्, त्यसभन्दा कहीं ज्यादा अमेरिकी नागरिकले कोरोना भाइरसका कारण ज्यान गुमाइसकेका छन् । तर हामी सबैका लागि यो केवल आँकडा हो ।

हाम्रो यस्तो स्थितिलाई मनोविज्ञानमा एक तरिकाको रोग मानिन्छ । जति पनि मानिस मर्दै जान्छन्, हामी त्यति नै लापरवाह हुँदै जान्छौं । खासमा जब कोही एक व्यक्ति दुःखमा हुन्छ, तब हामीलाई यकिन हुन्छ कि हाम्रो सम्पूर्ण प्रयासले उसको ज्यान बचाउन सकिन्छ । ती एक व्यक्तिको ठाउँमा हामी आफैंलाई राखेर हेर्न थाल्यो ।
तर जब धेरै मानिस एकैजस्तो स्थितिमा आउँछन्, तब हाम्रो विश्वास पनि कमजोर हुनथाल्छ र हामी पछाडी हट्छौं । मानिसहरु आफैंलाई यो भनेर पछाडी हट्छन् कि उनीहरुको योगदान समुन्द्रमा एक थोपा पानी बराबर हो । धेरैखाले अनुसन्धानमा यो पाइएको छ कि यदि कुनै एक व्यक्तिलाई सहयोग गर्नुप¥यो भने धेरै मानिस अघि सर्छन् । तर, जब उनीहरुलाई धेरै मानिसको सहयोग गर्नका लागि भनिन्छ, तब उनीहरु पछाडी हट्छन् । मनोविज्ञानमा यसलाई छद्म अक्षमता भनिन्छ ।
मानिसहरुले मानिसकेका छन् कि भाइरस अब हामीसँग रहन्छ
दुःखद समाचार या त्रासदीहरुबारे गहिराईमा सोचेर मानिसहरु आफैंलाई टाढा राख्न चाहन्छन् । हिंस्रक घटना बारम्बार देख्दा हाम्रो दिमागमा नकारात्मक प्रभाव पर्छ । कोरोनाकालमा अब मानिसहरुले बुझिसकेका छन् कि यो भाइरस अब हाम्रो साथै रहन्छ । त्यसैले, अब कोरोनाको बढ्दो आँकडालाई अपडेट राख्नुको साटो मानिसहरु लकडाउनको नियममा बदलाव जस्ता खबर हेर्न धेरै मन पराउँछन् किनकि यसले उनीहरुको तनावलाई कम गर्छ ।
कुनै त्रासदीको कभरेजको समय पनि प्रायः व्यक्ति विशेषको खबरलाई प्रमुखताका साथ देखाइने गरिन्छ । उसको उमेर, उसको परिवार, उसको रोजीरोटीबारे धेरे जानकारी दिने गरिन्छ । ताकि मानिसहरुको दिमाग उसप्रति आकर्षित होस् ।
यस तरिकाले अखबारमा कुनै त्रासदीको कुनै एक चीजको फोटोमार्फत पुरै त्रासदीको खाका मानिसहरुसम्म पुर्याइन्छ । उदाहरणका लागि भर्खरै मजदुरहरुको घर फिर्तीका दौरान एक तस्विरले सबैको ध्यान आकर्षित गर्यो । एक आमाले आफ्नो बच्चालाई सुटकेशमा राखेर लैजादैं थिइन् । लाखौं मजदुरको दुःख र हैरानी बयान गर्नका लागि यो काफी थियो । यता, झुन्डका झुन्ड पैद हिँडिरहेका मजदुरको तस्विरले भने मानिसहरुप्रति त्यति असर गर्न सकिरहेको थिएन ।

यसैगरी अमेरिकामा एक पुलिसकर्मीद्धारा जर्ज फ्लोइडको गर्दन दबाइएको तस्विरले दुनियाँभरमा जुन असर छाड्यो, सायद त्यस्तो असर जर्जका लागि आवाज उठाउने भीडको तस्विरहरुले पनि पार्न सकेनन् । यस तस्विरले अमेरिकामा अश्वेत मानिसहरुसँग हुने भेदभावको पुरै कथा बोल्यो र करोडौं मानिसहरुको सहानूभूति यसतर्फ जोडियो । कोरोनाकालमा हरेक दिन हालत बिग्रिरहेको छ, त्यसो भए के हामीले यस्तोमा बन्द गरेर निराश रहिरहनुपर्छ ? होइन ।
हामीले आफैंलाई सम्झाउनुपर्छ कि हामी सबैभन्दा पहिले आफ्नो हेरचाह गरौं । मास्क लगाऔं, दुई मिटरको दूरीको ख्याल गरौं, आफैंलाई आफु सुरक्षित छु भन्ने सम्झाउन सक्यौं भने आफु आसपासका मानिसहरुलाई पनि सुरक्षित राख्न सकिन्छ । कोही व्यक्ति कतै हाम्रो कारणले बिरामी नहोस् । महामारीको यो यात्रामा यही नै हाम्रो समाजको सबैभन्दा ठूलो योगदान हुनेछ । समाजलाई सुरक्षित राख्ने बेचैनी हामीभित्र भइरहनुपर्छ । श्रोतः बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कूटनीतिक परिपक्वताको संकेत : परराष्ट्रमन्त्रीको बेइजिङ भ्रमणले कोरेको ‘प्रो-नेपाली’ मार्गचित्र
-
बस्ती हटेपछि यस्तो देखियाे काठमाडौँ उपत्यकाकाे सुकुमबासी क्षेत्र (तस्बिरहरू)
-
मुख्य राजमार्गहरूको पछिल्लो अवस्था : कतै एकतर्फी, कतै पूर्ण रूपमा बन्द
-
प्रतिनिधि सभा बैठक बस्दै, विनियोजन विधेयक पारित गर्ने कार्यसूची
-
पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार
-
कर्णाली सरकारले जेठमा मात्रै गर्यो २ अर्ब ४० करोड बजेट खर्च
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण