साना करदातालाई ७५ प्रतिशत छुट, कसले कति तिर्नुपर्छ ?
सोमबार, ०५ साउन २०७७, १४ : ०३

कोभिड १९ बाट प्रभावित करदातालाइ गत आर्थिक वर्ष (२०७६/७७) को करमा ७५ प्रतिशत छुट हुने भएको छ । बार्षिक २० लाखसम्म सम्मको कारोबार र २ लाखसम्मको आय हुनेले सो छुट पाउने आन्तरिक राजस्व विभागले जनाएको छ ।
अब महानगरपालिका वा उपमहानगरपालिकामा व्यवसाय गर्ने प्राकृतिक व्यक्तिले वार्षिक ७ हजार ५ सय तिर्नुपर्नेमा अब १ हजार ८ सय ७५ रुपैयाँ तिरे पुग्छ ।
यस्तै नगरपालिकामा व्यवसाय गर्ने व्यक्तिले ४ हजार तिर्नुपर्नेमा अब एक हजार रुपैयाँ तिरे पुग्छ । गाउँपालिकामा व्यवसाय गर्नेले पहिला २ हजार ५ सय तिनुपर्नेमा कोरोना प्रभावले गर्दा उनीहरुले ६ सय २५ रुपैयाँ कर भुक्तानी गरे पुग्छ । यो गत आर्थिक बर्षको करमा दिइएको छुट हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
थाइल्यान्डमा एक सशस्त्र आक्रमणकारीले गोली चलाउँदा तीन जनाको हत्या
-
पत्रकारको सुरक्षा र स्वतन्त्रताको रक्षा गर्न आयोगको आग्रह
-
सदनमा गलत बोल्नेलाई तत्काल प्रतिवाद गर्न प्रधानमन्त्री ओलीको निर्देशन
-
एनआरएनएभित्र राजनीति नगर्न परराष्ट्रमन्त्रीको आग्रह
-
आरभ र स्वस्तिकालाई सिटिजन्स बैंक टेनिस उपाधि
-
पेटका केही कुरा, तस्बिरहरू