मास्क लगाउने बारे ट्रम्पले भने, ‘मभन्दा ठूलो देशभक्त कोही पनि छैन’
अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले आफूभन्दा ठूलो देशभक्त कोही नभएको बताएका छन् । ट्रम्पले सो कुरा आफ्नो ट्वीटमा भनेका हुन् ।
ट्रम्पले मास्क लगाउने विषयमा गरेको ट्वीटमा भनिएको छ, ‘हामी अदृश्य चिनियाँ भाइरसलाई हराउनका लागि एकजुट छैं र थुप्रै मानिसहरुले सामाजिक दुरी अपनाउन नसके मास्क लगाउनु देशभक्तिको काम बताएका छन् । त्यसो भए यहाँ मभन्दा ठूलो देशभक्त कोही छैन, तपाईंलाई मनपर्ने राष्ट्रपति । ’
पछिल्लो समयमा ट्रम्पले कोभिड–१९ माथि लगाम लगाउनका लागि मास्कको आवश्यकतामाथि भिन्न–भिन्न बयान दिएका छन् जसका लागि उनका विपक्षी डेमोक्रेट्स र थुप्रै वैज्ञानिक सल्लाहकारले उनको आलोचना गरेका थिए ।
We are United in our effort to defeat the Invisible China Virus, and many people say that it is Patriotic to wear a face mask when you can’t socially distance. There is nobody more Patriotic than me, your favorite President! pic.twitter.com/iQOd1whktN
— Donald J. Trump (@realDonaldTrump) July 20, 2020
फक्स न्यूजलाई आइतबार दिएको अन्तरवार्तामा उनले मास्क लगाउनुमा आफूले विश्वास राख्ने तर यसको समस्या पनि हुने गरेको बताए ।
उनले भने, ‘विशेषज्ञले मास्क लगाउन आवश्यक ठान्छन् तर सो विषयमा उनीहरु बीच मतभेद पनि छ ।’
स्रोतः बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण