अभिनेत्री असिस्माको नृत्यमा ५१ हजार पुरस्कार
काठमाडौं – अभिनेत्री असिस्मा नकर्मी पछिल्लो समय निकै डान्सिङ भिडियोहरुमा देखिन थालेकी छन् । उनको डान्स रहेको भिडियो एकपछि अर्काे सार्वजनिक हुने क्रम बढ्दो छ ।
यस्तैमा उनको अर्काे डान्सिङ भिडियो ‘लक्की पुरस्कार’ सार्वजनिक भएको छ । सुरेन्द्र घताङ र मेलिना राइको स्वर रहेको लक्की पुरस्कारमा गीतमा डिपी खनालको शब्द र पुष्कर सुनुवारको म्युजिक एरेन्ज छ ।
भिडियोमा असिस्मालाई मोडलिङमा सुरेन्द्र घताङ र भिमफेदी गाइजले साथ दिएका छन् । भिडियो निर्मल लामाले निर्देशन गरेका हुन् ।
संध्या म्युजिकले बाहिर ल्याएको भिडियोमा ५१ हजार नगद पुरस्कार पनि राखिएको छ । यो गीतमा दुई वा दुई भन्दा बढि ब्यक्तिले नृत्य गरेर बनाएको भिडियो जसको आकर्षक हुनेछ । त्यसले यो पुरस्कार जित्न सक्नेछ ।
पुरस्कारमा सहभागीका लागि यही गीतमा नृत्य गरेर भिडियो बनाई संध्या म्युजिकको फेसबुक पेज वा संध्या म्युजिकको मेलमा पठाउनु पर्नेछ ।
प्राप्त भएको भिडियोलाई बिभिन्न चरणको जजमेन्ट सहित उत्कृष्ट घोषणा गरि पुरस्कृत गर्ने म्युजिकले जनाएको छ । उत्कृष्ट ठहरिएको एक भिडियोलाई ५१ हजार नगद प्रदान गरिने संध्या म्युजिकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होटलमा एक जनाको शङ्कास्पद मृत्यु, युवक पक्राउ
-
चिया उद्योगको समस्याबारे सांसद अर्यालले भनिन् : 'समस्याको जड पत्ता लगाई समाधान खोजौँ'
-
बन्द चिया उद्योग खुलाउनका लागि भारतसँग तत्काल वार्ता गर्न सरकारसँग नारायणकाजी श्रेष्ठको आग्रह
-
पौडी खेल्ने क्रममा सुर्खेतमा डुबेर एक जनाको मृत्यु
-
मन्त्री भएपछि मेरो प्रिय क्लास छुट्यो– मन्त्री महावीर पुन
-
३७० रुपैयाँको बिरयानी प्रकरण : कमेडियन प्राणित मोरे र हिमांशुविरुद्ध एफआईआर दर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण