युएईमा हुनसक्छ आईपीएलको आयोजना
१३ औं संस्करणको इन्डियन प्रिमियर लिग युएईमा आयोजना हुने तय भएको आईपिएल गर्भनिङ काउन्सिलका अध्यक्ष ब्रिजेस पटेलले जनाएका छन् ।
भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले सरकारमसक्ष युएईमा प्रतियोगिता आयोजना गर्नका लागि पत्र लेखेर अनुमति मागेको र जवाफको प्रतिक्षामा रहेको क्रिकबजमा प्रकाशित समाचारमा उल्लेख छ । ‘हामीले सरकारलाई युएईमा प्रतियोगिता आयोजना गर्नका लागि अनुमति माग्दै पत्र लेखेका छौं,’ पटेलले क्रिकबजसँग भने,‘मिति अहिल्यै तय भइसकेको छैन र आगामी इपिएल गर्भनिङ काउन्सिलको बैठकबाट निर्णय हुनेछ, जो आगामी ७ वा १० दिनमा हुनेछ ।’
यसअघि मार्च २०२० को अन्त्यमा आइपिएल सुरु हुने तय थियो तर कोभीड–१९ का कारण स्थगित भयो ।
श्रीलंका, न्युजिल्यान्ड, युएईलगायतका देशबाट प्रतियोगिता आयोजना गर्नका लागि बीसीसीआई समक्ष आग्रह आएको थियो । गत महिना इमिरेट्स क्रिकेट बोर्डले प्रतियोगिता आयोजनाका लागि आवश्यक पूर्वाधार आफुसँग भएको भन्दै प्रस्ताव ल्यायो । पटेलले भारतमै प्रतियोगिता आयोजना गर्ने विकल्प अझै समाप्त भइ नसकेको बताए । उनका अनुसार यो निर्णय इपिएलको आगामी गर्भनिङ काउन्सिल बैठकबाट लिइनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेल्जियमको अनुभव कि सेनेगलको गति : कसले काट्ला अन्तिम १६ को टिकट ?
-
शङ्कास्पद गतिविधि गरेको आरोपमा २७ जना चिनियाँ नागरिक पक्राउ
-
बागमती प्रदेशसभामा २ विधेयक टेबुल
-
निर्वाचन प्रहरीको पोसाक खरिदबारे अनुसन्धान गर्न अख्तियारलाई प्रधानमन्त्री सचिवालयको दबाब
-
बागमतीका समस्याग्रस्त ५ सहकारीका बचतकर्ताको रकम फिर्ता गर्न निर्देशन
-
‘कोठा नम्बर १३’ अर्थात् यातना गृह र अभिषेक गिरीले चलाएको ‘यमराजको शासन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण