जापानले कोरोनाभाइरसको उपचारमा डेक्सामेथासोनलाई स्वीकृति दियो
जापानको स्वास्थ मन्त्रालयले डेक्सामेथासोनलाई कोभिड–१९ को उपचारका लागि विकल्पका रुपमा प्रयोग गर्न अनुमति दिएको छ । बेलायतमा भएको परीक्षणअनुसार सस्तो र धेरैले प्रयोग गर्ने यस औषधिले अस्पतालमा रहेका बिरामीहरुको मृत्युदर घटाएको थियो ।
मन्त्रालयले भर्खरै सार्वजनिक गरेको निर्देशिका पुस्तकमा गिलिड साइन्सेज इन्कको एन्टीभाइल ड्रग रेम्डेसीभीरसँगै डेक्सामेथासोनलाई पनि उपचारको विकल्पका रुपमा राखिएको छ । यस निर्देशिका जारी भएसँगै डेक्सामेथासोन उत्पादन गर्ने जापानी कम्पनी निची इको फर्माक्युटिकल कोसहित निर्देशिकामा समावेश अन्य औषधि उत्पादन गर्ने कम्पनीहरुको शेयर ह्वात्तै बढेको छ ।
बेलायतमा गत महिना घोषणा गरिएको परीक्षण नतिजाअनुसार डेक्सामेथासोनले कोभीड–१९ बिरामीहरुको ज्यान बचाएको थियो, यसलाई वैज्ञानिकहरुले कोरोना भाइरस महामारीमा प्रमुख ब्रेक थ्रु भनेका छन् ।
जापानमा २५ हजार ७ सय ३६ जनामा कोरोनाको संक्रमण देखिएकोमा २० हजार १ सय ५५ जना निको भएका छन् भने ९ सय ८८ जनाले ज्यान गुमाएका छन् । सक्रिय संक्रमितको संख्या ४५ सयको हाराहारीमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्रीको आश्वासनपछि सुस्तावासीका मागबारे के प्रगति भयो ?
-
सुनसरी घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाही गर्न प्रलाेपाकाे माग
-
मुख्य मागमा छैन सहमति, डा. केसीलाई सत्तापक्षीय सांसदको थुमथुम्याइ
-
गगन थापाको घोषणा कार्यान्वयन नहुँदै अस्ताए गोपालमान
-
सुधन गुरुङलाई उपसभापति बनाउन रवि लामिछाने सकारात्मक
-
सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र शान्ति–सुव्यवस्था कायम राख्न धनुषामा बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण