बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

जापानले कोरोनाभाइरसको उपचारमा डेक्सामेथासोनलाई स्वीकृति दियो

बुधबार, ०७ साउन २०७७, ११ : ५१
बुधबार, ०७ साउन २०७७

जापानको स्वास्थ मन्त्रालयले डेक्सामेथासोनलाई कोभिड–१९ को उपचारका लागि विकल्पका रुपमा प्रयोग गर्न अनुमति दिएको छ ।  बेलायतमा भएको परीक्षणअनुसार सस्तो र धेरैले प्रयोग गर्ने यस औषधिले अस्पतालमा रहेका बिरामीहरुको मृत्युदर घटाएको थियो ।  

मन्त्रालयले भर्खरै सार्वजनिक गरेको निर्देशिका पुस्तकमा गिलिड साइन्सेज इन्कको एन्टीभाइल ड्रग रेम्डेसीभीरसँगै डेक्सामेथासोनलाई पनि उपचारको विकल्पका रुपमा राखिएको छ । यस निर्देशिका जारी भएसँगै डेक्सामेथासोन उत्पादन गर्ने जापानी कम्पनी निची इको फर्माक्युटिकल कोसहित निर्देशिकामा समावेश अन्य औषधि उत्पादन गर्ने कम्पनीहरुको शेयर ह्वात्तै बढेको छ । 

बेलायतमा गत महिना घोषणा गरिएको परीक्षण नतिजाअनुसार डेक्सामेथासोनले कोभीड–१९ बिरामीहरुको ज्यान बचाएको थियो, यसलाई वैज्ञानिकहरुले कोरोना भाइरस महामारीमा प्रमुख ब्रेक थ्रु भनेका छन् । 

जापानमा २५ हजार ७ सय ३६ जनामा कोरोनाको संक्रमण देखिएकोमा २० हजार १ सय ५५ जना निको भएका छन् भने ९ सय ८८ जनाले ज्यान गुमाएका छन् । सक्रिय संक्रमितको संख्या ४५ सयको हाराहारीमा छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप