देशका मुख्य नदीहरुमा जल सतह घट्दो क्रममा
काठमाडौं । आज देशका मुख्य नदीहरुमा जल सतह घट्दो क्रममा रहेको छ । कन्काइ, कमला, बागमती, नारायणी लगायतका नदीहरुको बहाब घट्दो क्रममा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका महानिर्देशक सरजु वैद्यले कोसी र त्यसका सहायक नदीहरुमा पानीको बहाब बढ्दो क्रममा रहेपनि कन्काइ, कमला, बागमती, नारायणी, पश्चिम राप्ती, बबइ र केही सहायतक नदीहरुमा पानीको बहाब घट्दो क्रममा रहेको बताए ।
यस्तै महाकाली, कर्णाली र त्यसका सहायक नदीमा बहाब घट्दो क्रममा रहेको छ । कन्काइ, कमला, बागमती नदीमा बहाब घटबढ हुने क्रममा रहको उनले बताए । गत २४ घण्टामा कन्काइ नदीमा ९८ दशमलव ४ मिलिलिटर पानी परेको छ । यस्तै भैरहवामा ६४ दशमलव ५, गल्कोटमा ७४ दशमलव २ मिलिलिटर पानी परेको उनले बताए ।
अहिले देशभरीको मौसम बदली रहेको छ । प्रदेश नम्बर ५ र गण्डकी प्रदेशमा हल्का वर्षा भइरहेको छ । आगामी २४ घण्टामा प्रदेश नम्ब १, २ ५, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको उनले बताए ।
आज अधिकांश स्थानमा वर्षा नभएपनि वर्षा नै नहुने भन्ने नभएको उनले बताए ।
उर्जा, जलस्रोत तथा सिचाई मन्त्रालय अन्तरगतको जलस्रोत तथा सिँचाई विभागका महानिर्देशक मधुकर प्रसाद राजभण्डारीले पूर्वी राप्ती, भेरी, कन्काई, कमला, इनाउ, पश्चिम राप्ती बबई महाकाली लगायतका २१ वटा नदी आफ्नो कार्यक्षेत्र भित्र रहेको बताए ।
महाकाली, कर्णाली, बबई, नारायणी, रुपाताल संक्षण, बक्राह, कोशी, बागमती र कमला लगायत १० वटा नदी नियन्त्रणको जिम्मेवारी पनि आफ्नो मातहत आउने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण