बिहीबार, ०८ जेठ २०८२
ताजा लोकप्रिय

नारायणीमा जलस्तर सर्तकता तहसम्म पुग्ने : यस्तो छ आजको बाढी पूर्वानुमान

शुक्रबार, ०९ साउन २०७७, १० : ३१
शुक्रबार, ०९ साउन २०७७

शुक्रबार बिहानको मापनअनुसार कन्काई, कमला, बागमती, नारायणी र यसका सहायक नदीमा बहाव सामान्य बढ्दो क्रममा छ । जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाका अनुसार पश्चिम राप्ती, बबई, कर्णाली र महाकाली नदीमा बहाव स्थिर छ तथा सबैमा बहाव सतर्कता तहभन्दा तलै छ ।

आज नारायणीमा बहाव बढेर सतर्कता तहसम्म पुग्नसक्ने तर खतरा आसपास हुने सम्भावन रहेको छ । त्यसैले चितवन र नवलपरासीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । आगामी ३ दिन कन्काई, कमला, बागमती, तिनाउ, पश्चिम राप्ती र बबईका केहि सहायक नदीमा आकस्मिक बहाव हुन सक्ने सम्भावना रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप