नारायणीमा जलस्तर सर्तकता तहसम्म पुग्ने : यस्तो छ आजको बाढी पूर्वानुमान
शुक्रबार, ०९ साउन २०७७, १० : ३१
शुक्रबार बिहानको मापनअनुसार कन्काई, कमला, बागमती, नारायणी र यसका सहायक नदीमा बहाव सामान्य बढ्दो क्रममा छ । जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाका अनुसार पश्चिम राप्ती, बबई, कर्णाली र महाकाली नदीमा बहाव स्थिर छ तथा सबैमा बहाव सतर्कता तहभन्दा तलै छ ।
आज नारायणीमा बहाव बढेर सतर्कता तहसम्म पुग्नसक्ने तर खतरा आसपास हुने सम्भावन रहेको छ । त्यसैले चितवन र नवलपरासीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । आगामी ३ दिन कन्काई, कमला, बागमती, तिनाउ, पश्चिम राप्ती र बबईका केहि सहायक नदीमा आकस्मिक बहाव हुन सक्ने सम्भावना रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. गोविन्द केसीसँग वार्ताका लागि शिक्षासचिव धनगढीमा
-
नेपाली सिनेमा : राज्यले चिन्न नसकेको सफ्ट पावर
-
कर्णालीका मुख्यमन्त्री कँडेलले दिए राजीनामा
-
ग्वार्डिओलाले अस्वीकार गरेपछि पिर्लो बने इटालीको मुख्य प्रशिक्षकका प्रमुख दाबेदार
-
राजधानीको तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला
-
नयाँ शक्तिहरूको उदय र पतन नाटकीय हुन्छ : एमाले महासचिव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण