दमौली पाटनमा भएको ग्याङफाइटमा दुई घाइते, १९ युवा पक्राउ
किरण श्रेष्ठ
तनहुँ । सदरमुकाम दमौली बजार नजिकै व्यास–५ पाटनमा शनिवार साँझ ग्याङफाइटमा संलग्न १९ जना युवालाई तनहुँ प्रहरीले पक्राउ गरेको छ । यसरी पक्राउ गर्नेहरुमा १६देखि १७ वर्षका युवाहरु रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
दुई समूह बीचको झडपमा परी घाइते हुनेमा व्यास–५ निवासी मनिष थापा र सनम राई रहेको प्रहरी निरीक्षक विजयराज पण्डितले जानकारी दिए ।
घटना हुँदा हुँदै पुगेको प्रहरीले घटनास्थल बाट झण्डै दुई दर्जनलाई पक्रेको थियो । पक्राउ पर्नेहरुबाट एक थान खुकुरी र केही थान लाठी बरामद भएको छ । खुकुरीसहित पाटन प्रवेश गरेका ती युवाहरुले प्रहरी आएपछि केही हतियार नदीमा फालेको बताइएको छ ।
केही समयअघि पाटनका युवाले झापुटारका युवामाथि आक्रमण गरेपछि त्यसको प्रतिवाद गर्न गएका युवाहरुले केही स्थानीयमाथि कुटपिट गरेका थिए । त्यसलगत्तै प्रतिवाद भए पछि दोहोरो झडपको स्थिती आउन लागेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । स्थानीयको सूचनालगत्तै पुगेको प्रहरीले संलग्न सबैलाई नियन्त्रणमा लिए पछि थप क्षति टरेको एक स्थानीयले बताए।
यसरी पक्राउ पर्नेमा झापुटारका युवाहरु रहेको बताइएको छ । तीन जना प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी तैनाथ गरी घट्नामा संलग्न युवाहरु पक्राउ गरिएको तनहुँका प्रहरी प्रमुख एसपी उमेशराज जोशीले जानकारी दिए ।
घट्नामा घाइते भएका दुई युवाहरु अस्पतालमा उपचार पछि सम्पर्कमा आएको र पीडित नै जाहेरी दिन नआएकोले पक्राउ परेकाहरु प्रहरी नियन्त्रणमै राखी आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य तोलामा ४ सय रुपैयाँ बढ्यो, चाँदीको घट्यो
-
राष्ट्रिय प्रत्यारोपण केन्द्रमा १० वर्षको अवधिमा जम्मा ३७ जनाको कलेजो प्रत्यारोपण
-
युक्रेनमा रूसको भीषण आक्रमण : १४ जनाको मृत्यु
-
प्रहरी यातना विरुद्ध कानुनी लडाइँ लड्ने माजिद अन्सारीको घोषणा
-
त्रिवि पाठ्यक्रम विकास केन्द्रबाट समकक्षता निर्धारण कार्य बन्द
-
बजेट शून्यताको अवस्थामा पुग्दै सुदूरपश्चिम सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण