गोविन्दराज जोशीसहितका नेताहरुलाई पार्टीबाट निकालिएकोमा शेखर कोइरालाको आपत्ति
काठमाडौं । नेपाली काँग्रेसका नेता शेखर कोइरालाले पूर्व सहमहामन्त्री गोविन्दराज जोशीसहित तीन जना नेतालाई पार्टीबाट निस्कासन गरिएकाे प्रति आपत्ति जनाएका छन्।
काँग्रेसको केन्द्रीय अनुशासन समितिको शनिबारको बैठकले सहमहामन्त्री जोशी, महासमिति सदस्य पुष्करनाथ ओझा र डडेलधुरा जिल्ला कार्यालय सचिव रामबहादुर विष्टलाई पार्टीबाट निस्कासन गर्ने निर्णय गरेको थियो ।
उनीहरुले गत चुनावमा पार्टीलाई असहयोग गरेको आरोप छ ।
तीन नेतालाई निस्कासन गर्ने निर्णयप्रति आपत्ति जनाउँदै कोइरालाले आधारहीन र मनगढन्ते तर्क अगाडि सारेर उनीहरुलाई पार्टीबाट निस्कासन गरिएको बताए ।
आतइबार बिहान कोइरालाले फेसबुकमा लेखेका छन्, ‘एकातिर हामी अन्य पार्टीबाट नेपाली कांग्रेसमा प्रवेश गराउँदैछौं अर्कोतिर आफ्नो सम्पूर्ण जीवन पार्टीमा व्यतित गरेका वरिष्ठ नेताहरूलाई पार्टीबाट निष्कासन गर्छौं । यसले पार्टी र कार्यकर्तामा के सन्देश जान्छ ? आधारहीन र मनगढन्ते तर्क अगाडि सारेर गोविन्दराज जोशी, पुष्करनाथ ओझा र रामबहादुर विष्टलाई कांग्रेस पार्टीबाट निष्कासन गरिनु दुर्भाग्य हो ।’
उनीहरूले पार्टी र लोकतन्त्रका पक्षमा बगाएको रगत पसिनाको अवमूल्यन गर्ने काम भएको कोइरालाको भनाइ छ ।
अनुशासन समितिको बैठकले जोशी र ओझालाई ५–५ वर्ष र विष्टलाई ३ वर्षका लागि पार्टीबाट निष्काशन गरेको छ ।
अन्तिम स्पष्टीकरण चित्तबुझ्दो नभएको र अनुशासन समितिलाई प्राप्त सबुद, प्रमाण, अडियो र भिडियो पार्टी विधानविपरीत रहेको भन्दै कारबाही गरिएको थियो ।
पार्टीका आधिकारिक उम्मेदवार रामचन्द्र पौडेल र आरजु राणालाई असहयोग गरेको आरोपमा आमनिर्वाचन भएको करिब तीन वर्षपछि जोशी र ओझालाई पार्टीबाट हटाइएकाे हाे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण