धनुषामा किशोरी बलात्कृत
धनुषा । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा एक किशोरीमाथि बलात्कार भएको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगरले दिएको जानकारी अनुसार सोमबार राति क्षीरेश्वरनाथ नगरपालिका–३ मङ्गलपुर बस्ने १८ वर्षीया एक किशोरीमाथि बलात्कार भएको हो ।
राति १० बजे शौच गर्न घरबाट निस्केको मौका छोपी आफूलाई डर धाकधम्की दिएर क्षीरेश्वरनाथ नपा–३ मङ्गलपुर बस्ने २८ वर्षीया कलाम राइनले आफूलाई मङ्गलपुरको खुल्ला चउरमा लगेर बलात्कार गरेको पीडित किशोरीले बताइन् ।
निकैबेर राति घरबाट हराइरहेकी किशोरीलाई खोजी गर्ने क्रममा राति २ बजे स्थानीय बासिन्दाले राइनले खुल्ला चउरबाट किशोरीलाई घर पु¥याउन आउँदै गरेको अवस्थामा फेला पारेका थिए । स्थानीय बासिन्दा आउँदै गरेको देखेर किशोरीले रुदै चिच्याएर घटना सुनाएपछि केटालाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए ।
इलाका प्रहरी कार्यालय महेन्द्रनगर इन्चार्ज प्रहरी निरीक्षक पप्पु नायकले बलात्कारको आरोपमा कलाम राइनलाई पक्राउ गरिएको बताए । बलात्कृत किशोरी र आरोपित दुबै जनालाई प्रादेशिक अस्पताल जनकपुरमा आज स्वास्थ्य परीक्षण गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरानका आक्रमण थप आक्रामक, दबाबमा अमेरिका
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण