शंकास्पद सुन अप्रेशन : प्रहरीले बनायो छानबिन समिति
काठमाडौं । मंगलबार राजधानीको कमलादीबाट आधा किलो सुनसहित चाँदी र पेस्तोल बरामद भएको प्रकरणमा गाडी कसरी उम्किन सफल भयो भन्ने प्रश्न उठेपछि प्रहरीले छानबिन समिति गठन गरेको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीले अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको हो ।
छानबिन समितिमा महानगरीय प्रहरी कार्यालयमा कार्यरत एसएसपी किरण बज्राचार्य, एसपी सामेन्द्र सिंह राठौर, अपराध महाशाखाका डीएसपी दुर्गा दाहाल र परिसरका राजकुमार केसी रहेका छन् ।
प्रहरी चेकजाँचका क्रममा सामान बरामद भएपनि गाडी कसरी फुत्किन सफल भयो भन्नेबारे छानबिन गरेर यथार्थ विवरण बाहिर ल्याउन समितिलाई कार्यादेश दिइएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डीआईजी विश्वराज पोखरेलले जानकारी दिए ।
मंगलबार बिहान प्रहरीले कमलादीबाट १५ किलो सुन बरामद भएको भन्दै सूचना चुहाएपनि चेकजाँचका क्रममा पछि आधा किलोमात्रै सुन र बाँकी चाँदी भएको पुष्टि भएको थियो ।
महानगरीय प्रहरी वृत्त दरबारमार्गका डीएसपी रञ्जन दाहालको नेतृत्वमा ‘सुन अप्रेशन’ मंगलबार बिहान ९ भएको थियो । प्रहरीले गाडी चेकजाँच गर्दैगर्दा सामान बरामद भएको तर बा ६ च ५५१९ नम्बरको स्कार्पियो भागेको बताएपछि प्रश्न उत्पन्न भएको हो ।
डीएसपीको कमाण्डका आकस्मिक चेकप्वाइन्ट राखेको र कृष्ण पाउरोटीबाट कमलादीतर्फ तीव्र गतिमा आएको स्कार्पियो रोक्न खोज्दा गाडीबाट ‘सुन जस्तो देखिने धातु’ फालेर हिँडेको पत्रकार सम्मेलनमा परिसरका एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिएका थिए ।
सुनको झोला र २ थान पेस्तोल फालेर भाग्ने गाडी रोक्न प्रहरीले किन सकेन भनेर प्रश्न गर्ने ठाउँ रहेको छ । किनकि, प्रहरीसँग हतियार थियो । टायरमा गोली हानेर पनि गाडी नियन्त्रणमा लिन सकिन्थ्यो ।
यस्तै काठमाडौँका चोक–चोकमा प्रहरी र ट्राफिक खटिन्छन् । सञ्चार सेटबाट खबर गरेर एरिया सिल गरेर पनि बा ६ च ५५१९ नम्बरको स्कार्पियो पक्राउ गर्न सकिने अवस्था रहेपनि त्यसो हुन नसकेपछि यो प्रकरणमा प्रहरीमाथि प्रश्न खडा भएको थियो । अब छानबिनबाट निस्कने निष्कर्षको आधारमा दोषीमाथि कारबाही प्रक्रिया अघि बढाइने प्रहरीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा एक वर्षमा २५ सय २८ विरोध प्रदर्शनका घटना
-
फुटबल क्लबका हस्ती प्रशिक्षकहरू धमाधम राष्ट्रिय टोलीमा जाँदै
-
प्रचण्डको प्रश्न : भदौ २३ र २४ गते हामी किन निरीह भयौँ ?
-
नेप्सेको सिस्टममा समस्या हुँदा परिसूचकमा १००० अंक गिरावट देखियो
-
सेयर बजारमा आज पनि सुधार, सातामा ५७ अङ्कले बढ्यो नेप्से
-
बागमती किनारका हटाइएका बस्ती क्षेत्रमा खुला पार्क, हरित क्षेत्र र पदमार्ग निर्माण गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
